‘आइएमई पे’ को नयाँ अफर

काठमाडौं । आइएमई पे ले ‘ रु.१ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० देखि जेठ ७ सम्म चल्ने यस अफरमा आइएमई पे का प्रयोगकर्ताले एक रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४– ५जी स्मार्टफोन जित्न सक्नेछन् । प्रयोगकर्ताले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्छन । एक हप्ते अफरमा प्रयोगकर्ताले धेरै पटक १ रुपैया तिरी सो खेल खेल्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस अफरको अन्त्यमा एक जना विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सबै सहभागीहरूको पैसा फिर्ता गरिने जानकारी कम्पनीले दिएको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फस्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया