तनहुँमा आमाछोरा १७ दिनदेखि बेपत्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन् ।

माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान लोकबहादुर विकले बताए । ‘आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ’, उनले भने ।

भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया