चन्द्रपुर १० मा शीत भण्डारको शिलान्यास

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाको १० नम्बर वडामा आधुनिक शीत भण्डार बन्ने भएको छ । बिहिबार चन्द्रपुर नगरपालिकाका मेयर सन्जय काफ्ले र उप-मेयर जयमाला चौधरीले संयुक्त रुपमा सिलान्यास गरेका हुन । किशानहरुले उत्पादन गरेका कृषि उपजलाई सही ढंगले ब्यवस्थापन गर्ने उद्देश्यले शीत भण्डारको सिलान्यास भएपछी किशानहरुमा उत्साह छाएको छ ।

पालिकाको ६ करोड ५८ लाख रुपैयाँँको लगानीमा बन्ने शीत भण्डारको सिलान्यस गर्दै मेयर काफ्लेले नगरमा उत्पादन हुने कृषि उपजको ब्यवस्थापनका लागी रकम बिनियोजन गरेको बताउदै नगरले कृषकको समस्या हल गर्न थप योजना ल्याउने बताए । चन्द्रपुरकी उप-मेयर जयमाला कुमारी चौधरीले चन्द्रपुर १० स्थित अत्याधुनिक खाद्यान्न भण्डार किशानको समस्या समाधान गर्ने पहिलो प्रयास रहेको बताउँदै आगामी दिनमा पालिकाले किशान हरुकोहितमा थप योजना ल्याउने बताइन ।

प्रतिक्रिया