प्रधानमन्त्री प्रचण्डले गरे एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘आजदेखि सुुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु ।’

एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ–आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गरेका छन् ।

प्रतिक्रिया