बेटर होम अप्लायन्सको थाइल्याण्ड यात्रा

काठमाडौ । बेटर होम अप्लायन्सेस, रवि एण्ड सन्नी इण्डस्ट्रीज अन्तर्गतको ईलेक्ट्रोनिक र होम अप्लायन्स ब्रान्डले आफ्नो सबैभन्दा बढी सामान बिक्री गरेका रिटेलरहरूलाई थाइल्याण्डको पाँच–दिनको यात्रामा पठाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिक्री प्राप्त गरेकोमा रिटेलरहरूलाई यो यात्रा पुरस्कृत गरिएको हो ।

अहिलेको कठिन आर्थिक अवस्था बावजुद, बेटरले आफ्ना रिटेलरलाई आगामी वर्ष अझ राम्रो बिक्री गरोस अनि अगाडि बढोस् भनि प्रोत्साहन र प्रेरणाको रूपमा यात्रा प्रस्ताव गरेको विज्ञप्तिमा उललेख छ । ‘हामी आफ्नो रिटेलरलाई उत्थान गर्न चाहन्छौं र विश्वास दिन चाहन्छौं । उनीहरुबाट यस्तो समर्पण पाएकोमा हामी कृतज्ञ छौं र हाम्रो कृतज्ञता देखाउन चाहन्छौ ।’ विज्ञपितमा उल्लेख छ । बेटर होम अप्लायन्सेस नेपालमा इलेक्ट्रोनिक्स र होम अप्लायन्स ब्रान्डको दायरा हो । यसले सबै प्रकारका उपकरण प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया