नेपाल लाइफको क्यालेन्डर सार्वजनिक

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनील २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन ।

‘किनकी जीवन अमुल्य’ छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको यस्ले २०७९ पुस मसान्त सम्ममा लगानी १ सय ५६ दशमलव ४४ अर्व रुपैयाँ रहेको बताएको छ ।

जीवन बीमाकोष १ सय ५० दशमलव ८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमासम्बन्धी सबै सेवा उपलब्ध गराइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया