नयाँ वर्षमा यामाहाको पावर अफ फाइभ योजना

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफर योजना ल्याएको छ ।

‘पावर अफ फाइभ’ योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ । त्यस्तै, खरिद गरेपछि फेरी वाइल्ड कार्ड मार्फत १ लाख रुपैया सम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद पश्चात पनि ३ जना विजेताले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल ऐयर पोर्डस जित्ने मौका पाउने पनि उल्लेख छ । यो योजना आर–१५, एमटि १५ फेसिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुनेछ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी योजनामा सहभागी हुन सक्नेछन्। सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाख रुपैया सम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने उल्लेख छ । एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्रीले पावर अफ फाइभ अफर सुरु गर्न पाउँदा खुसी भएको बताए । यो योजना ग्राहकलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको उनको भनाई छ ।

प्रतिक्रिया