व्याजदर घटाउने प्रयासमा बैकर्स

काठमाडौ । बैकहरुले निर्धारण गरेको व्याजदर घटाउने प्रयासमा आफुहरु रहेको बताएका छन । नेपाल बैकर्स संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । संघको अध्यक्ष सुनिल केसीले कोरोना संक्रमणको समयलाई हेर्ने हो भने अहिले ब्याजदर उच्च भन्न नमिल्ने उनको तर्क गरे । औद्योगिक बातारण बनेपछि ब्याजदर बढनु सामान्य भएको उनको जिरिक थियो । यद्यपि नेपालमा आर्थिक गतिविधि भएको समयमा मात्रै ब्याजदर बढेको पनि केसीले दावी गरे । अहिलेको ब्याजदर केही बढि भएजस्तो देखिएपनि यो सामान्य भएकोमा उनले जोड दिए । उनले ब्याजदर घटाउन बैकहरुले प्रयास जारी राखेको धारणा सो अवसरमा राखेका थिए ।

कोरोनाको समयलाई हेरर ब्याजदर महंगो भयो भन्न नमिल्ने उनको तर्क थियो । अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा अघिको अवस्थामा मात्रै पुगेको भन्दै उनले यो ब्याजदर घटाउन बैकर्सहरु प्रयासरत रहेकोमा जोड दिएका थिए । बैकहरुले अहिले विद्युतीय गाडी तथा उत्पादन बढाउने क्षेत्रमा लगानी गरिरहेको,घरजग्गाको कारोबार कम हुदा खराब कर्जामा दबाब रहेको उनको भनाई थियो । तर पनि मुख्य सुचकांकहरु राम्रो रहेको र नेपाली बैक रिक्समा नरहेको र लगानिका क्षेत्र छरिएर रहेको केसीले बताए ।

अन्य देशमा असफल भएका बैकमा नेपाली बैकको लगानी नरहेको उनले सो अवसरमा प्रष्ट पारे । नेपाली बैकहरु सुरक्षित रहेको भन्दै केसीले नेपाली बैकको ६० प्रतिशत भन्दा बढि लोनमा धितो बलियो रहेको दावी गरे । केसीले बैंकहरुको खराब कर्जा केही बढ्ने सम्भावना रहेको र यति नै पुग्छ भनेर भन्न नसकिने जानकारी दिए ।

अहिले बैकिङ क्षेत्रमा चौतर्फी आक्रमण भएकोमा भने उनले दुखेसो पोखे । केसीले ब्याजदरका नाममा नेपालको बैकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखेपनि यसले समग्र औद्योगिक क्षेत्रमा आक्रमण भएको धारणाा राखे । बैकिङ क्षेत्रमा भएको चौतर्फी आक्रमणले वैदेशिक लगानी प्रभावित हुने भन्दै उनले बैकहरुले विदेशबाट पैसा ल्याउन सुरु भएको समयमा यस्तो हुनु गलत भएको तर्क पेश गरे । यो आक्रमण बैकमा मात्रै नभएर साढे ४ करोड खाता धारण गर्नेमाथीको आक्रमण भएको उनको भनाइ छ । अहिले केही बैकलाई आक्रमण गरेजस्तो देखिएपनि यसले दुरगामी असर पर्ने चिन्ता उनले व्यक्त गरे ।

प्रतिक्रिया