स्वर्णिम वाग्लेले छाडे कांग्रेस, तनहुँ १ बाट उम्मेदवार बन्न रास्वपाकाे प्रस्ताव

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् । पत्रमा उनले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गरेका छ ।

उनले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गरेका छन् । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।

अर्थविद् डा. वाग्लेलाई आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ क्षेत्र नम्बर–१ मा उम्मेदवार बन्न प्रस्ताव गरेकाे छ ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । कांग्रेस विगत ५० वर्षदेखि पारिवारिक विरासतबाट गाँसिएको उनको आरोप छ । ‘वि.स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें,’ उनले भनेका छन् ।

उनले कांग्रेस अहिले दाइ भाउजु साला भतिजको अक्षम गिरोहमा परिणत भएको आरोपसमेत लगाएका छन् । ‘विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भने ।

उनले अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताए ।

‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो,’ उनले भने ।

नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्दै बाग्लेले लेखेका छन् :

प्रतिक्रिया