सिटिजन्स बैंकद्वारा ग्लोबल मनि सप्ताह सम्पन्न

काठमाडौ । सिटिजन्स बैंकले सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ । जसमा प्रदेश नं १ को विराटनगर, धरान, सलकपुर, बानिघाम, मधेश प्रदेशको डि ए भि आर भि केडिया स्कूल, कृष्ण प्रणामी, बाग्मती प्रदेशको थली, कलकी, सिन्धुली, सूर्यविनायक, भैंसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौध, धुम्बाराही, थसीखेलमा ग्लोवल मनि सप्ताह सम्पन्न गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौ, लुम्बिनी प्रदेशको बढैयाताल , घोराहीेको शान्ति सुधा बोर्डिङ स्कूल, नेपालगन्ज, कोहलपुरको गोपीगन्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय ,फर्साटिकरको बङ्गाई माध्यमिक विद्यालय, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा,सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया, ढँकारीमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्र्रदान गर्ने कार्यक्रम गरेको छ ।

कार्यक्रममा उपस्थित विधार्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सबै नेपालीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा प्रकास पारिएको थियो । हाल बैकको देशैभरी फैलिएको १ सय ८२ शाखा, १ सय ३४ ए.टि.एम. र ९७ शाखा रहित बैंकिग ईकाईबाट १५ लाख ४० हजर भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया