ललितकला प्रतिष्ठानको अवधारणा सार्वजनिक

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको नयाँ नेतृत्वले कलाक्षेत्रमा गर्नुपर्ने कार्य सार्वजनिक गरेको छ । आइतबार नक्सालस्थित प्रतिष्ठान परिसरमा आयोजित पत्रकार भेटघाटमा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालमा विकसित र प्रचलित कलाको संरक्षण, संवद्र्घन, प्रवद्र्घन अर्थात सर्वाङ्गिण विकास गर्ने लक्ष्यका साथ प्रतिष्ठानका आगामी कार्यक्रमको अवधारणा प्रस्तुत गरे । उनले प्रतिष्ठानमा नयाँ नेतृत्व आइसकेपछि नेपाली कलाक्षेत्रको विकासका निम्ति केही अवधारणा बुँदाका रुपमा अघि सारेको जनाए ।

उनले प्रतिष्ठानले मूलतः अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रुपमा रणनीति बनाउँदै काम गर्ने लक्ष्य लिएको जनाउँदै गणतन्त्र दिवसका दिन राष्ट्रिय ललितकला प्रदर्शनी २०८० गर्ने जानकारी दिए । उनका अनुसार प्रतिष्ठानले रेनोभेसन÷कन्जर्भेसन प्रशिक्षण गर्ने, राष्ट्रिय ललितकला सम्मेलन गर्ने, देशव्यापी नेपाली ललितकला र कलाकारको सर्भेक्षण गर्ने, खोज अनुसन्धानका कामलाई तीब्रता दिने, जर्नल/पत्रिका/पुस्तक प्रकाशन गर्ने, विद्वतवृति प्रदान गर्ने, सगरमाथा÷काठमाडौं कन्टेम्पोरेरी आर्ट समिट गर्नेछ । सदस्य सचिव थुम्केलीले प्रादेशिक प्रदर्शनी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने योजना रहेको सुनाउँदै नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला/लोककला/परम्परागत कला महोत्सव गर्ने बताए । उनले सातै प्रदेशमा एक–एकवटा कलाको हव/केन्द्र बनाउन प्रतिष्ठानले पहल गर्ने जनाउँदै नियमित कलासम्बन्धी प्रशिक्षण/कार्यशाला/गोष्ठी/अन्तरक्रिया सञ्चालन गर्ने जनाए ।

उनले नेपालमा एसिया स्तरको ललितकला सङ्ग्रहालय बनाउने लक्ष्य लिएको बताए । साथै सातै प्रदेशमा ललितकला संग्रहालय बनाउन पहल गर्ने बताउँदै उनले अन्य प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा सरोकारी संघ संस्थासँग मिलेर नेपाली कला र संस्कृतिको व्यापक बहस गर्दै सैद्घान्तिकरण गर्ने कामलाई समेत अगाडि बढाउने प्रतिष्ठानको लक्ष्य रहेको सुनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी, कार्यशाला तथा गोष्ठी गर्दै नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन प्रतिष्ठानले भूमिका खेल्ने विचार व्यक्त गरे । उनका अनुसार प्रतिष्ठानले कलाग्र्र्राम निर्माण, मूर्ति उद्यान निर्माण गर्न पहल गर्नेछ ।

ललितकला पत्रकारितालाई प्रभावकारी रुपले अगाडि बढाउने बताउँदै उनले कला लेखनवृत्ति प्रदान गर्ने, कलाकार कल्याण कोष बनाउन पहल गर्ने, कलाकार परिचय–पत्र व्यवस्थित गरी वितरण गर्ने बताए । उनले कला र संस्कृतिसँग सम्बन्धित विभिन्न प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय, पुरातत्व विभाग, संग्रहालय आदि निकाय तथा संस्थासँग समन्वय गर्दै नेपाली ललितकला क्षेत्रलाई प्रदेश तथा पालिका सरकारसम्म लैजान पहल गर्ने सुनाए । उनले प्रदेश र पालिका सरकारसँग समन्वय गर्दै स्थानीय (रैथाने) कला र संस्कृतिको प्रवद्र्घन, संवद्र्घन, संरक्षण तथा विकासका निम्ति पहल गर्ने, कलालाई पर्यटनसँग जोड्दै आर्थिक उपार्जन तथा कला प्रचार प्रसार गर्ने कार्यक्रम बनाउने जानकारी दिए ।


सदस्य सचिव थुम्केलीले ललितकलालाई आर्थिक उपार्जनसँग जोडेर रोजगारी सिर्जना गर्नको निम्ति नीति निर्माण गर्न पहल गर्ने, ललितकलासँग सम्बन्धित सामग्री/कच्चा पदार्थमा देखिएको कानुनी झन्झट हटाउन नीतिगत सुधारका निम्ति पहल गर्ने, भन्सारसँग सम्बन्धित झन्झट सहज बनाउन नीतिगत सुधारका निम्ति पहल गर्ने बताए ।

यस्तै, प्रतिष्ठानको कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमीकमजोरीलाई सुधार गरी समग्र ललितकला क्षेत्रको विकासका निम्ति आवश्यक नीति निर्माण गर्न पहल गर्ने, कतिपय अल्पकालीन तथा आवधिक, दीर्घकालीन कार्ययोजनालाई नीतिगत रुपमा सम्बोधन गरी गुरुयोजनामार्फत तिनलाई नियमित रुपमा सञ्चालन गर्न सहज प्रावधान बनाउने, संघ÷प्रदेश÷पालिकालाई ललितकला क्षेत्रको विकास, प्रवद्र्घन, तथा संरक्षणका लागि गठित कला प्रतिष्ठानलाई अभिप्रेरित गर्न विधागत नीति निर्माणमा सहजीकरण गर्ने, पुरातत्व÷अभिलेखालय आदिसँग समन्वय गरी कला संरक्षणका कामहरु गर्न नीतिगत रुपमै सुधार गर्न पहल गर्ने, ललितकलालाई अन्य क्षेत्रसँग जोड्दै आर्थिक उन्नतिमा लैजान नीतिगत सम्बोधनका निम्ति सरकारसँग पहल गर्ने उनले जानकारी दिए ।

नेपालमा परम्परागत चित्र/मूर्तिकला लोककला÷हस्तकलाको प्रवद्र्घनात्मक कार्य गरी रोजगारी तथा आर्थिक उन्नतिका लागि सहज वातावरण बनाउन सरकारसँग पहल गरी नीति निर्माण गर्ने, ललितकला विषयसम्बन्धी पाठ्यक्रम निर्माण गरी रोजगारी सिर्जना तथा मौलिकताको संरक्षणमा जोड दिने नीति निर्माणका लागि पहल गर्ने लगायतका अवधारणा प्रतिष्ठानले अगाडि सार्ने थुम्केलीले बताए । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सुव्यवस्थित ढंगले अगाडि बढाउने गरी कार्ययोजना बनाइरहेको बताए । उनले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कार्यक्षेत्रलाई मध्येनजर गरी नीतिगत कमिकमजोरीलाई सुधार गरी यस क्षेत्रको विकासको निम्ति आवश्यक नीति निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलाको आयामलाई फराकिलो बनाउन प्रतिष्ठानले नीतिगत रुपमै काम गर्ने लक्ष्यका राखेको बताए । उनले प्रतिष्ठानले अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रुपमा काम गर्दै नेपाली ललितकलाको विकासमा आफूहरुले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली कला र कलाकारको सर्भेक्षण गर्दै ठोस रणनीति बनाएर काम गर्ने जिकिर गरे ।

प्रतिक्रिया