प्यारजुङमा खुल्ला पुरुष फुटबल हुने

लमजुङ । प्यारजुङ युथ क्लबको आयोजनामा लमजुङको राइनास नगरपालिका वडा नम्वर १० प्यारजुङमा यसै महिना तेस्रो संस्करणको खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक प्यारजुङ युथ क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता चैत २५ गतेबाट प्यारजुङ खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । खेलाडी १० जना हुनुपर्नेछ । प्रतियोगिताको विजेताले ९० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता र अनुशाषित टोलीलाई १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक खेलको प्लेयर अफ दि म्याचले पनि आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्यारजुङ युथ क्लबले विगत दुई वर्ष यता नेपाली नयाँ वर्षको अवसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गत वर्ष प्यारजुङ नै च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया