पर्वतको कुस्मामा बिरामी बंङ्गुरकाे मासु बिक्रि

पर्वत । जिल्लाको कुस्मा बजारका एक बङगुर ब्यवसायीले बिरामी परेको बङ्गुर काटेर कुस्माका मासु पसलमा बिक्री गरेका छन् । वडा न. ५ बस्ने लुक पुन मगरले ब्यक्तिगत रुपमा आफ्नो गोठमा पाल्दै आएको बंङ्गुर काटेर मासु पसलमा बिक्रीका लागि पुर्याएका हुन् ।

बंङ्गुर यहि चैत ७ गतेदेखी बिरामी भएको र त्यसको उपचार नगरी बिरामी बङगुरकाटि विक्री वितरण गर्ने व्यक्तिलाई निगरानी गरि पाउँ भनी नगरपालिकाको पशु सेवा शाखा कार्यालयमा फोन मार्फत उजुरि परेको हुँदा शुक्रबार छानबिन गर्ने क्रममा सो कुरा सत्य रहेको नगरपालिकाका पशुसेवा शाखा प्रमुख रुपक कडेलले जानकारी दिए ।

देशका विभिन्न ठांउमा पछिल्लो समय अफ्रिकन स्विन फेवर(African Swine Fever )नामक सरुवा रोगको संक्रमण फैलिरहेका बेला विरामी भएको बंगुरको मासु मानव स्वास्थ्यका लागि हानिकारक रहेको हुनाले उक्त मासु नष्ट गरिएको कडेलको भनाई छ ।

बगुंर पालक मगरलाई आगामी दिनमा मानव स्वास्थ्य माथी खेलवाड नगर्न नगरपालिकाले चेतावनी समेत दिएको छ । छानबिन पश्चात् पसलमा बिक्रीका लागि राखिएको मासुलाई कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद तिवारी, कुश्मा नगरपालिका पशु सेवा शाखाका शाखा प्रमुख डा. रुपक कंडेल, पशु सेवा शाखाका अधिकृत छैटौ राजेन्द्र सुवेदी, कुश्मा नगरपालिकाका अधिकृत छैटौं यम प्रसाद शर्मा पौडेल, नायब पशु सेवा प्राविधिक दिपक गुरुङ, जिल्ला प्रशासन कार्यलय पर्वतको प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी हवल्दार गणेशप्रसाद पोख्रेल, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका सुचना अधिकारी सुभाष रेग्मी र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मासुको स्थलगत निरिक्षण गरि गुणस्तरहिन मासुलाई नस्ट गरिएको छ । विरामी पशुको मासु लगेर राखिएको फ्रीजमा रहेको अन्य मासु पनि बरामद गरी कुल ६० केजी मासु नष्ट गरिएको छ ।

प्रतिक्रिया