बागमतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभाको शुक्रबारको बैठकमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् ।

उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसेका थिए । समीकरण परिवर्तन भए राप्रपासहितका सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक रहेको थियो ।

यसअघि सुदुरपश्चिम प्रदेशमा विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको थियो ।

प्रतिक्रिया