ओलीका कारण सबल एमाले

मिथिला पोखरेल

काठमाडौं बाहिरका महिलाहरूमा जुन खालको सहयोगी र मिलनसार बरव्यवहार रहेको छ काठमाडौंमा भने खासै पाइन्न । सहरिया प्रायः साथीहरू आफ्नो निवास पनि देखाउँदैनन् । एक कप चिया सँगै बसेर खाउँ भन्ने पनि खास पाइन्न । पहिलेको जस्तो मिलनसार व्यवहार पाउन गाह्रो छ । अझ पार्टीका एकाध केन्द्रीय सदस्य महिला त आफू मात्र जान्ने भन्ने घमण्डले चुर भएको र सुनसरीकै महिला नेतृको कटु आलोचना गरेको त्यहाँ पनि थाहा पाइयो ।

माधवकुमार नेपालको नेतृत्व नवौँ महाधिवेशनमा कायम रहेको भए एमाले पार्टी भुइँमै पछारिने थियो । माकुने र प्रचण्डले पार्टी अध्यक्ष ओलीलाई निसाना बनाएर नेकपा हत्याएर फेरि पनि पार्टीलाई छिन्नभिन्न पार्न नै खोजेका थिए । तर, तिनीहरूलाई सफल हुन दिइएन र एमाले पार्टीको अस्तित्व कायम गर्दै गतिशील बनेको हो ।, केपी ओलीको सबल र सशक्त नेतृत्वका कारण एमाले पार्टी नवौँ र दशौँ महाधिवेशन प्रश्चात पुनर्जीवित हुँदै गतिशील बन्न सकेको हो र यसले गर्दा सबै मोर्चा संगठनहरूमा गुटउपगुटजस्ता गतिविधिबाट मुक्त सकेसम्म सर्वसम्मत नत्र स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्ने काम सुरु भएको छ ।
यसै क्रममा २७ र २८ गते फागुनमा अखिल नेपाल महिला संघ, केन्द्रको चौथो विस्तारित भेला सम्पन्न भयो । काठमाडौंस्थित तुलसीलाल स्मृति पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा सातै प्रदेशका चार सय जति प्रतिनिधिहरू सहभागी थिए । यस भेलाले महत्वपूर्ण प्रस्ताव तथा सुझावहरू प्रस्तुत गरेको छ ।

आगामी चैत्र २५ र २६ गते काठमाडौंमा हुन गइरहेको अनेम संघको राष्ट्रिय सम्मेलनका लागि अहिले जस्तो भारी भर्कम समितिले चुस्त दुरुस्त काम गर्न नसक्ने सर्वसम्मतिले ठहर गरको छ । १७ सदस्यीय कार्यकारी निर्माण गर्ने निर्णय गरेको छ । तीन÷तीन वर्षमा केन्द्रीय सम्मेलन, दुई वर्षमा जिल्ला तथा एक÷एक वर्षमा नगर तथा गाउँ सम्मेलन गर्ने निर्णय पनि गरेको छ । केन्द्रले विभिन्न विभाग गठन गर्ने सन्दर्भमा यसपालि कला, साहित्य र संस्कृति विभाग गठन गर्ने निर्णय गरेको छ ।

स्वस्थानी व्रत कथामा झैँ व्रतको प्रसाद पतिलाई, पति नभए छोरालाई र छोरा नभए मीतको छोरालाई अनि मीतको छोरा नभए खोलामा हालिदिने चिन्तनले महिलामा प्रगतिशील रूपान्तरण हुँदैन । अहिले पनि हामी महिलाहरू घरघरमा पूजाकोठा बनाएर भाग्यवादी र पुर्पुरोवादी धारणामा जकडिएका छौँ । यसबाट मुक्त हुने हो भने संस्कृति विषयबारे हामीले जान्नु र बुझ्नुपर्छ । विभाग गठन गर्ने र जिम्मा पनि लिने तर काम भने खास नहुने रोग नहटाई हुन्न । यसपालि पनि प्रचार प्रसार समिति बनाइएको छ तर यही भेलाको एउटा समाचार बनाएर पत्रिकामा दिएको पाइएन । नत्र समाचार छापिन्थ्यो होला । यसबाट के बुझिन्छ भने हामी ल्यापटपलगायत प्रविधि प्रयोग गर्न धेरैले जान्दैनौँ । जानेको भए समाचार बनाउन १० मिनेटको काम हो ।

भेलाले अब तीनपटक बैठकमा उपस्थित नभए स्वतः हट्नुपर्ने, केन्द्रीय सदस्यहरूले मासिक लेबी वार्षिक सय रुपैयाँ बुझाउनुपर्ने निर्णय पनि गरेको छ । कार्यक्रमको अन्तिम दिन पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले महिलालाई उत्प्रेरित गर्ने खालको अत्यन्त महत्वपूर्ण मन्तव्य दिनुभयो । उहाँले केही महिलाका अत्यन्त खराब तथा दुष्प्रवृत्तिको पनि चर्चा गर्नुभयो । आफू त यस्ता दुष्प्रवृत्तिको बारबार सिकार नै भइएको छ । यस्तै प्रवृत्तिका विरुद्ध लड्न पनि २०५० सालदेखि लेख्न थालेको हो । भाग्नुभन्दा गलत प्रवृत्तिसित भिड्ने सोच बनाएको छ तर एकाध उपल्ला तहका नेताले अझै यस्ता विकृतिलाई जाँगर भरिदिएको थाहा पाइएको छ । समय क्रममा यसको पनि चिन्ता बस्नु पर्ला ।
कमजोर महिला मैत्री पार्टीले कुनै पनि आन्दोलन र कार्यक्रम गर्नुपर्दा महिलाको उपस्थितिमा विशेष ध्यान दिन्छ । संख्यामा कमै देखिए पनि सारी चोलामा सजिएका महिलाहरूका कारण धेरै सहभागी जस्तो देखिँदो रहेछ । तर महिला र अनेम संघलाई आवश्यक सहयोग गर्नुपर्दा कतिपय नेताको व्यवहार खड्किन्छ । त्यसमा पनि अहिले महिलाहरूमा पहिलेजस्तो मैत्री धेरै कम रहेको देखिन्छ ।

बैठक, भेला र सहभागिता जहाँ जहाँ हुन्छ त्यहीँका महिला कमरेडहरूका घरहरू हुन्छन् । उनीहरूका घरमा चार÷पाँच जना साथीहरूलाई दुई दिनको खाने बस्ने प्रबन्ध पनि गर्न सकिन्छ । पहिले पहिले गरिएकै हो तर काठमाडौंका महिला नेतृ र दिदी बहिनीहरूले आआफ्ना निवासमा चार जनाका दरले दुई रात दुई छाक खाने व्यवस्था गरिदिए निक्कै सहज हुन्थ्यो । तर काठमाडौं बाहिरका महिलाहरूमा जुन खालको सहयोगी र मिलनसार बरव्यवहार रहेको छ काठमाडौंमा भने खासै पाइन्न । सहरिया प्रायः साथीहरू आफ्नो निवास पनि देखाउँदैनन् । एक कप चिया सँगै बसेर खाउँ भन्ने पनि खास पाइन्न ।

पहिलेको जस्तो मिलनसार व्यवहार पाउन गाह्रो छ । अझ पार्टीका एकाध केन्द्रीय सदस्य महिला त आफू मात्र जान्ने भन्ने घमण्डले चुर भएको र सुनसरीकै महिला नेतृको कटु आलोचना गरेको त्यहाँ पनि थाहा पाइयो । फलानी भगवती वा अमुक को हो र के जानेको छ र भन्ने घमण्डले फुलेल हुने र कुरा काट्ने गलत संस्कार नेतृका कुरा पनि सुनियो । यस्ता चरित्र आफ्नै जिल्ला र नगरमा नै भएका र भोगेकाले आफूलाई खासै अनौठो लागेन । इटहरी उपमहानगर पालिकामा यस्तै अराजक व्यवहारका कारण सुरुमा नगर प्रमुख द्वारिकलाल चौधरी भड्किएका हुन् । चौधरीले सुरु गरेका लिङकरोड जस्ता कार्यक्रमहरू असफल पार्न उपप्रमुखले गर्नु गरिन् । नगरसभामा नै प्रमुख विरुद्ध उपप्रमुख बोल्न थालेपछि रमिता भएको स्वास्थ्य क्षेत्रका सेवा निवृत्त चौधरी कर्मचारीले बताए । पछि त प्रमुख र उपप्रमुख दुवैले सदा झगडा मात्र गरेर रमिता देखाए । समस्या समाधान गर्नुभन्दा एकाध नेताले आगोमा घिउ थपिरहे ।

महिला नेतृको सशक्तीकरण जरुरी

पार्टी अध्यक्षबाहेक कसैबाट पनि समसायिक विषयवस्तु र महिला आन्दोलनका बारेमा उत्प्रेरक विचार व्यक्त भएन । महिला इन्चार्ज विशेष कारणबस भेलामा आउन सक्नुभएन । तर सहइन्चार्ज वा कुनै पदीय हिसाबले उपल्लो तहको एक जना महिलाले भए पनि सशक्त र प्रभावकारी विचार व्यक्त गर्नुपथ्र्यो । हामी महिलाहरू पुरुषभन्दा कुनै मानेमा पनि कमजोर छैनौँ भन्छौँ तर वैचारिक र बौद्धिक तथा लेखन प्रशिक्षण गर्ने कुरामा अझै धेरै पछि छौँ । यसैले ऐनमौकामा हामी कमजोर देखिएका छौँ । लेनिनसित टक्कर लिने र याज्ञवल्क्य जस्तासित वहस गर्ने गार्गीजस्ता महिलाको कुरा गर्छौं तर हाम्रो काम भने कमजोर देखिन्छ । अखबारमा अनेम संघ, एमाले र ओली विरोधी लेखहरू विपक्षका महिलाहरू लेखिरहेका छन् । तर, हाम्रा महिला के लेख्छन् थाहा पाइएको छैन ।

यतिका संघ र प्रदेशमा गरी सभासद्को भारी रहेको छ तर मिडियामा मात्रै होइन सभामा तिनको अनुहार र बोली खासै सुन्न पाइएको छैन । आफू पनि नलेख्ने लेख्नेलाई पनि नदेख्ने वा देखी नसहने अवस्था पनि म आफैँले बेहोरेकी छु । कम्तीमा नेतृ पेम्बा लामा भने प्रोत्साहित गरिरहनुहुन्छ नत्र पढ्दै नपढेको हो कि आफूले नलेखेकामा पछुतो भएर हो कि किन प्रोत्साहन गर्नु भनेर हो कि अहँ चर्चा नै गर्दैनन् नेतृहरू । सिक्ने कुरा जहिले जुन उमेरमा जहाँ पनि सिक्न सकिन्छ ।

कम्तीमा घरपरिवारमा रहेका पुरुष कमरेडहरू सित मौका मिलाएर केही न केही सुन्ने छलफल गर्ने हो भने धेरै सिकिन्छ । डा. पोखरेल नै घरमा भनिरहनुहुन्छ । लेख्ने प्रयत्न गरे लेखिन्छ पढ्ने प्रयत्न गरे पढिन्छ । कमरेड ओलीका अन्तर्वार्ता मात्र सुन्ने हो भने धेरै कुरा जानिन्छ तर त्यसो गरेको पाइन्न । बाहिर मुट्ठी बटार्ने नेता आफ्नो घरलाई चेतनशील र जागरुक बनाउने कुरामा ध्यानै दिँदैनन् ।

माधव नेपाल नै नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष भएका भए यो पार्टीको अस्तित्व समाप्त नै हुने थियो । तर, ओली अध्यक्ष भएपछि यो पार्टी विगतको जस्तो विकृत अवस्थाबाट मुक्त हुने काममा दिलोज्यानले लागेको देखिन्छ । तैपनि सुनसरीलगायत कतिपय जिल्लामा पुरानो सबै खालको अत्यन्त विकृत अवस्था व्याप्त रहेको छ । गलत बेहोरा माथिमाथिबाट आएपछि तल तलको पार्टी बिग्रन लागेको हो । यसैले पानी र बानी माथिबाट आउँछ भनेको होला । ग्रास रुट मिसन अभियानले के कति सुधार्छ त्यो हेर्न बाँकी छ । तर, पार्टी अध्यक्ष ओली नेतृत्वको एमाले मोर्चा संगठन र अझ अनेम संघसमेत नयाँ ढंगले गतिशील बन्ने क्रममा विधान महाधिवेशन गर्दै राष्ट्रिय महावेधिशनको तयारीमा रहेको छ ।

अझै केही पाउने आशमा महिला

पहिले पहिले अनेमसंघमा लाग्दा कुनै पद, पदोन्नति र प्रतिष्ठा गौण हुन्थ्यो । पार्टी र आन्दोलनको उठानमा मात्र हामी सबै लागिपथ्र्यौं तर अहिले काठमाडौंमा आएका ९५ प्रतिशत हामीहरू संघ, प्रदेश र स्थानीय स्तरमा केही न केही औसर पाइएला भन्ने कुनै न कुनै आशा लिएर आएको लाग्यो ।

योग्यता, अनुभव र काम गर्ने क्षमता, इमानदारिता आदि आधारलाई कतिपय अवस्थामा लत्याएर केहीलाई खास मापदण्ड विपरीत शुभलाभको अवसर दिएकाले महिलाहरूमा काम गर्ने उत्साह घटेको पाइयो । कतिपय नेताले आफन्त बहिनी दिदी, पत्नी, ज्वाइँ आदिलाई कुनै पनि खालको अवसर दिँदा निराशा बढेको छ । र हामी त के पाउँला र सहर बजार र काठमाडौंका मात्रै पाउँदा रहेछन् भन्ने परेको छ । विधिपूर्वक मापदण्डअनुसार समान रूपमा अनेम संघ, पार्टी र संसदीय क्षेत्रमा काम गर्ने अवसर दिएदेखि प्रायः सबैले चित्त बुझाउँथे होलान् तर त्यस्तो नहुँदा काम गर्ने मरीमरी कामैमा हत्ते हालेर लाग्नुपर्ने तर नियुक्ति कतिलाई त समानुपातिक सभासद्को टिकट पाउनेलाई जनताले एक भोट पनि दिएनन् तर उनी पार्टीबाट सभासद् हुन्छन् र हुन्छिन् ।

कसै कसैलाई त जहाँ खाली हुन्छ त्यहीँ त्यहीँ नियुक्ति गरिन्छ पटकपटक राजदूत, सभासद्, मेयर पो पाउँछन् र दिइन्छ तर कसैको त नाम पनि लिइँदैन । अतिचार गरेपछि समाज भड्किन्छ । त्यसैले यस खालका तमाम विकृति हटाउन मिसन ग्रास रुट अभियान पार्टीले चलाएको होला । तथापि केही कमजोरी भए पनि एमाले नेपालका सबै प्रमुख पार्टीहरूमा पहिलो सबल र सफल पार्टी नै हो । यसमा पलाएका हुर्किन थालेका विकृति भने तुरुन्तै हटाउनुपर्छ । असाध्य रोग भयो र बढ्यो भने समस्या जटिल बन्नसक्छ ।

प्रतिक्रिया