दोस्रो ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड’मार्फत कलाकारहरुलाई प्रोत्साहन

काठमाडौं । दोस्रो ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड’ले धेरै कलाकारहरुलाई प्रोत्साहन गरेको छ । मंगलबार विशाल मुभिजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ३१ विधामा विभिन्न कलाकारलाई अवार्ड वितरण गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारका पूर्व कृषीमन्त्री तथा सासंद छबिलाल विश्वकर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । त्यसैगरी नेपाली लोक संगीतसँग आवद्ध अग्रज तथा अनुज गायक, गायिका, स्रष्टा, सर्जक, संगीत व्यवसायीहरुको पनि अवार्ड वितरण कार्यक्रममा सहभागीचा रहेको थियो ।

अवार्डको फाईनल कार्यक्रममा विशाल मुभिज दशक लोक गायक सम्मानबाट खुमन अधिकारी, लोक गायिका सम्मानबाट कालीका रोका मगर, लोक पत्रकारिता सम्मानबाट राजकुमार रायमाझी, पत्रकार कल्पना रेग्मीलाई सम्मान गरिएको थियो ।

त्यस्तै विशाल मुभिज लोक वाद्यवादन सम्मानबाट बाँसुरी वादक रत्नबहादुर विश्वकर्मा र आइटी सम्मानबाट राजेन्द्र अर्याललाई सम्मनित गरिएको आयोजक समितिका अध्यक्ष हुम गैह्रेले जानकारी दिए ।

उक्त कार्यक्रममा विशाल मुभिजको आगामी कार्यक्रम विशाल लुम्बिनी लोक आईडल २०८० को घोषणासमेत गरिएको कार्यक्रमका संयोजक धिरज खत्रीले बताए ।

अवार्ड कार्यक्रमको सात सदस्यीय जुरी निर्णयकको ५० प्रतिशत, अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितिको १० प्रतिशत निर्णयको आधारमा ३१ विधाका करिब ५१ जना कलाकार वर्षको सर्वोत्कृष्ट अवार्डद्वारा सम्मानित भएको आयोजक समितिका अध्यक्ष गैह्रेले जानकारी दिए ।

विधागत अवार्डका साथै जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्डलागायतका विधाबाट पनि केही कलाकारहरु सम्मानित भएको आयोजक समितिका जुरी निर्णायक एवं विरिष्ठ गायक ईन्द्र जिसीले बताए ।

अवार्ड वितरण कार्यक्रममा सर्वोत्कृष्ट एकल लोक गीतबाट गायिका शकुन्तला गैरे, सर्वोत्कृष्ट मौलिक गीतबाट गायक प्रसाद खप्तरी मगर, गायिका दिलु सलामी मगर, नवगायक शिव खनाल, नवगायिका बसन्ती थापामगर, सर्वोत्कृष्ट गायकबाट बिक्रम परियार, नवगायक रमित मास्की राना, सर्वोत्कृष्ट गायिकाबाट जानकी तारामी मगर, नवगायिका पूजा पुरी, सर्वोत्कृष्ट काठे गायकबाट दिनेश भण्डारी, सर्वोत्कृष्ट पर्व गीतबाट गायक प्रेम विवश घर्ती, सर्वोत्कृष्ट पर्व गीतबाटै गायिका कमला बिसी, सर्वोत्कृष्ट देउडा गायकबाट खगेन्द्र विश्वकर्मा, सर्वोत्कृष्ट भाषा भाषीको गीतबाट गायिका निरुता खत्री, सर्वोत्कृष्ट भाकाबाट गायिका जमुना राना, सर्वोत्कृष्ट भाकाबाट नवगाय सञ्जय पाल्पाली, सर्वोत्कृष्ट शब्दबाट बिक्रमबाबु विश्वकर्मा, सर्वोत्कृष्ट नव शब्द रामप्रसाद बस्याल, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषबाट अनिल पौडेल, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिलाबाट सन्ध्या सानु, सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल पुरुष अनन्त भण्डारी, नवमोडल पुरुष नरेश एमसी र नवमोडल महिलाबाट सिर्जना मगर अवार्ड प्राप्त गरेका थिए ।

त्यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकबाट मिलन श्रेष्ठ, सर्वोत्कृष्ट म्युजिक भिडियो नवनिर्देशक नवराज भट्टराई, सर्वोत्कृष्ट दोहोरी साँझ गायिका मधु रसाईली, सर्वोत्कृष्ट लाईभ दोहोरी गायक छत्र शाही, सर्वोत्कृष्ट लाईभ दोहोरी गायिका आरती रुचाल, सर्वोत्कृष्ट संगीत संयोजक सुनिल परियार, सर्वोत्कृष्ट ध्वनी मिश्रण मानबहादुर बराल, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत तारापती सुवेदी, सर्वोत्कृष्ट एकल लोक गीत (पब्लीक च्वाईस्)बाट गायक रामचन्द्र चन्द, सर्वोत्कृष्ट एकल लोक गीतमा (जुरी)बाट गायक डोलराज परियार, सर्वोत्कृष्ट मौलिक गीतमै (जुरी)बाटै गायक युवराज छन्त्याल, सर्वोत्कृष्ट मौलिक गीत गायक (पब्लीक च्वाईस्)बाट नवराज अधिकारी, सर्वोत्कृष्ट मौलिक गीत गायिका (पपुलर) बन्दना पाण्डे, सर्वोत्कृष्ट मौलिक गीत नवगायक (जुरी)बाट हरि खत्री, सर्वोत्कृष्ट मौलिक गीत नवगायिका (पपुलर)बाट कमला पोखरेल, सर्वोत्कृष्ट मौलिक गीत नव गायिका (जुरी) लालुमायाँ कुवँर, सर्वोत्कृष्ट मौलिक गीत नवगायिका (नव प्रतिभा)बाट रचना रानामगर, सर्वोत्कृष्ट काठे गायक (जुरी) नमराज ढुंगाना, सर्वोत्कृष्ट पर्व गीत (पब्लीक च्वाईस्)बाट गायक हेमराज डाँगी, सर्वोत्कृष्ट पर्व गीत (जुरी अवार्ड) गायक कृष्ण गैह्रे, सर्वोत्कृष्ट पर्व गीत (नव प्रतिभा)बाट गायक राजु अधिकारी, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला (पब्लीक च्वाईस) अनु पराजुली, सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला (जुरी) बाट रमा ठकुरी, सर्वोत्कृष्ट म्युजिक भिडियो नवमोडल पुरुष (जुरी)बाट नवराज अधिकारी, सर्वोत्कृष्ट लाईभ दोहोरी गायिका (पपुलर)बाट काजल जोशी शाही, सर्वोत्कृष्ट संगीत संयोजक (जुरी)बाट डोलराज बाह्रघरे, सर्वोत्कृष्ट गायिका (पब्लीक च्वाईस) बाट सपना रोका र सर्वोत्कृष्ट नवगायिका (जुरी) बाट विमला परियारले अवार्ड प्राप्त गरेको आयोजक समितिका अध्यक्ष हुम गैह्रेले जानकारी दिए ।

कलाकारहरुले नेपाली गीत संगीतमा दिएको योगदानलाई कदर गर्दै आगामी दिनमा थप प्रोत्साहन दिनका लागि यस अवार्ड वितरण गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं सासंद छबिलाल विश्वकर्माले कलाकारहरुको संगीत रोयल्टी व्यवस्थापन गर्न राज्यका तर्फबाट आफूले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, उनले कलाकारहरुले नेपाली मौलिक गीत संगीतको मर्मलाई बुझेर आ–आफ्नो सांगीतिक यात्रालाई अघि बढाउन सुझवसमेत दिए ।

प्रतिक्रिया