मिडासको सहकार्यमा धुलिखेल अस्पतालको मोबाइल एप

काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ ।

संगसंगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ । मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीलाई दिने सेवाहरूमा थप सुधार हुने पनि बताएको विज्ञप्तिमा उल्लेख छ ।

मिडास टेक्नोलोजिज आइएमई समूह अन्तर्गतको कम्पनी हो । मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा रहेको छ ।

प्रतिक्रिया