माछापुच्छ्रे बैक र पेट्रोलियम डिर्लस सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पले पोस र क्यूआरलगायतबाट डिजिटल भुक्तानी सरल र विश्वासिलो तरिकाले गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले वातावरणमैत्री अर्थतन्त्रलाई टेवा पु¥याउने बैंकको रणनीतिअनुरुप बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिए । साथै, उनले वास्तविकरुपमा डिजिटल्ली स्र्माट बैंक बन्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले परिमार्जित र परिस्कृत डिजिटल सेवा सुविधा तथा सचेतना कार्यक्रम आफ्ना ग्राहकलाई प्रदान गरिरहेको बताए ।

सो अवसरमा एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै दुई खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा राखे । उनले पेट्रोलियम पदार्थको बिक्री गर्ने बिक्रेता एंव खरिद गर्ने क्रेता दुवै पक्षले क्यूआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसँगको सम्झौतापश्चात् सहज र सरलरुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

प्रतिक्रिया