होण्डा टेक्नीशियन स्कील कन्टेष्ट सम्पन्न

काठमाडौ । होण्डाले ‘होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३’ सम्पन्न गरेको छ । होण्डाले हरेक वर्ष टेक्निसीयन स्किल कन्टेष्ट संचालन गर्दै आइरहेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २÷२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए । सो प्रतियोगिता होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधि भर सहभागी टक्निशियन होण्डाको नियम तथा अनुशासन पालना गर्दै प्रतियोगितामा सहभागी भएका थिए ।

यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौ बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखराबाट २ जना र भैरहवा बाट २ जना प्रतियोगि छनोट भएका थिए ।
स्याकार ट्रेडिग कम्पनीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियनको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरिएको छ ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुखको उपस्थीतीमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया