अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक

वाह्य क्षेत्रमा सुुधार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताएका छन । विद्यमान आर्थिक अवस्था वारे छलफल गर्ने उद्देश्यले महासंघ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल संगको छलफलमा गोल्छाले सो कुरा बताएका हुन ।

सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसावले नेपालको अर्थतन्त्र मजवुत देखिएपनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको गोल्छाले बताए । अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष त सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुुनुु भएको उनले बताए ।

कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाको भनाई थियो । ‘अर्थतन्त्रमा संकट आउंदा हामीले पर्याप्त मात्रामा बाह्य लगानी ल्याउन सक्यौ न त वाह्य ऋण नै । दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको हो’ अध्यक्ष गोल्छाले भने,‘विकास खर्च नबढेसम्म देश अगाडी बढ्दैन ।’

अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनु पर्ने भन्दै गोल्छाले भने, ‘यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य छ । ’

अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने बिषयलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनुु पर्ने सुुझाव दिए । सहकारी तथा लघुवित्त संस्थाको अनुुगमन नहुंदा पनि अहिलेको समस्या आएको उनको भनाई थियो । मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी आकर्षण हुन नसक्नुमा पुराना ऐन कानून वाधक रहेको गोल्छाले बताए । मुलुकभित्र लगानी, उद्योग व्यवसाय फस्टाउन नसक्नुमा बाधक बनेका ऐन कानूनको पहिचान गरी महासंघले सरकारमा पेश गरेकाले त्यसमा सहयोग गर्न पनि उनले आग्रह गरे ।

महासंघले आगामी दश वर्षको मुलुकको अर्थतन्त्र एक सय अर्व डलर पुरयाउने, अतिरिक्त थप २२ लाख रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले नेट २०३० सार्वजनिक गरेको र त्यसको कार्यान्वयनका लागि सरकारको समेत प्रतिवद्धता आएकाले यसलाई सफल पार्न स्वतन्त्र पार्टीको पनि सहयोग महत्वपूर्ण हुने धारणा राखे ।

‘हामीले यी उद्देश्य पुरा गर्ने उपाय एक सय पहलहरु भनेर स्पष्ट रुपमा भिजन पेपर दिएका छौं, सन् २०२६ पछि स्तरोन्तीका लागि हामीले गर्नुपर्ने तयारीका विषयमा सुुझाव सहितको दस्तावेज सरकारमा पेश गरेकाले हाम्रा सुुझावको सफल कार्यान्वयनमा निजी क्षेत्रले सहकार्य खोजेको स्पष्ट छ’ उनले भने ।
अध्यक्ष गोल्छाले विधायक र निजी क्षेत्र बीच अर्थतन्त्रका विषयमा निरन्तर छलफल अन्तरक्रिया आवश्यक रहेको परिप्रेक्षमा राष्टिय स्वतन्त्र पार्टीको यो प्रयासको प्रशंसा समेत गरे । उनले बिषयमा आधारित छलफलहरु निरन्तर हुन पनि सल्लाह दिए ।

राजनीतिक दलहरुले समृद्धिका कुरा वारम्वार ल्याउने गरेपनि समृद्धिका सारथी निजी क्षेत्रसंग आर्थिक विषयमा कहिल्यै पनि उदार दीलले कुरा गर्न नचाहेको गोल्छाको दुखेसो थियो । उनले निजी क्षेत्रसंग छलफल नगर्ने निजी क्षेत्रका सुुझाव कार्यान्वयन नगर्ने अनि समृद्धि कसरी आउंछ भन्दै प्रतिप्रश्न गरे । राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका इस्यू माथि छलफल एवं अध्ययन गर्न महासंघ आएको स्पष्ट पारे ।

योजनागत विकासको दशकौ अभ्यास गदै आएपनि अहिले पनि हामी पिछडीएकै राष्टमा दरिनुपर्ने वाध्यता हाम्रा लागि दुुर्भाग्य भएको भन्दै कसरी हामी विकासको मार्गमा हिड्न सक्छौं, समस्या कहां छ भन्ने सम्बन्धमा छलफल गर्न अर्थतन्त्रको इन्जिन निजी क्षेत्रको छाता संस्था आएको प्रष्ट पारे । उनले यो प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाए ।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको, अर्थतन्त्र, उद्योग व्यवसाय सम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजी क्षेत्रसंग पर्याप्त छलफल पश्चात मात्र ल्याउने अभ्यास गर्नुपर्ने र मुलुक बनाउने कुरामा आफना स्वार्थलाई छोडेर निर्णय गर्न सक्ने परिपाटी दलहरुमा वसाल्नुु पर्ने सुुझाव दिए ।

महासंघका उपाध्यक्ष रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले उत्पादनमुलक उद्योगमै गएर उनीहरुका समस्या वुुझेर संसदमा आवाज उठाई दिन आग्रह गरे । पैसा बैंकमा जम्मा गरेर व्याज खाने प्रवृति सरकारी निकायमा समेत रहेकाले अर्थतन्त्र समस्या पर्दै गएको उनीहरुको भनाई थियो ।
सो अवसरमा स्वतन्त्र पार्टीका सांसदहरुले निजी क्षेत्रका समस्या, उद्योग व्यवसाय सिथिल हुंदै जानुको कारण, श्रम बजारका समस्या, रोजगारीका अवसर सिर्जना, आयात निर्यात बीचको फासला कम गर्न चाल्नुु पर्ने उपाय, कृषिको क्षेत्रको विकास, वाह्य लगानी आकर्षणमा गर्नु पर्ने प्रयास लगायतमा जिज्ञासा राखेको थियो ।

प्रतिक्रिया