राष्ट्रपति रनिङ शिल्डको उपाधि नमुना मावि फिदिमलाई

पाँचथर । फिदिम नमुना मावि फिदिमले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । नगरपालिका १० याङनाममा सम्पन्न १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिड शिल्ड प्रतियोगिताको उपाधि फिदिम नगरपालिकाले जितेको हो । फिदिम नमुना माविले २० स्वर्ण, १६ राजत र ५ कास्यपदकसहित उपाधि हात पारेको हो ।

११ स्वर्ण, ५ राजत र ६ कास्यपदकसहित याङवरक गाँउपालिकाले दोस्रो स्थान प्राप्त गर्दा ६ स्वर्ण ५ रजत र ३ कास्यपदकसहति फाल्गुनन्दा गाँउपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।

मिक्लाजुङ गाँउपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्यपदक प्राप्त गरेर चौंथो स्थानमा चित्त बुझायो । कुम्मायक गाँउपालिकाले ४ स्वर्ण, ३ रजत र ४ कास्यपदक प्राप्त गरेर पाँचौ स्थान प्राप्त गर्यो ।

२ स्वर्ण, ४ रजत र २ कास्यपदक सहित फालेलुङ गाँउपालिकाले छैठौ स्थान प्राप्त गर्दा १ स्वर्ण, ७ रजत र २ कास्यपदक प्राप्त गरेर हिलिहाङ गाँउपालिकाले सातौँ स्थान प्राप्त गरेको हो ।

प्रतियोगितामा जिल्लाका सात वटा स्थानीय तहले भाग लिएका थिए । जिल्लाका आठ स्थानीय तहमध्ये तुम्बेवा गाँउपालिकाले प्रतियोगितामा भाग लिएको थिएन् ।

उपाधि बिजेता फिदिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेले पुरस्कारसहित शिल्ड प्रदान गरे । पुरस्कार बितरण कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया