रोजगार कार्यक्रमले रोकियो कालापहाड जान

दैलेख । गाउँमै रोजगारी पाउन थालेपछि यहाँका बेरोजगार युवाहरु कालापहाड जान छाडेका छन् । भगवतीमाई गाउँपालिका–४ जगनाथकाकर्ण सिंह बर्षमा दुई पटक कालापहाडजाने गर्थे । बालिलगाउन मात्र घर आउने र अन्य समयमा भारतमा गएर ज्याला मजदुरी गर्ने रावत गाउँपालिकाले संञ्चालन गरेको श्रमरोजगार बैकमा जोडिए पछि बिगत तीन वर्षदेखि कालापहाड गएका छैनन् । घरमा साँझ बिहान कामगर्ने र दिउसो रोजगारको काममा जाने गरेपछि उनीे कालापहाड जान छोडेका हुन् ।

उनी मात्रै होइनन्ल भगवतीमाई गाउँपालिकाका धेरै जना रोजगार कार्यक्रमले कालापहाड जान छोडेका छन् । कालापहाडबाट कमाएको कमाइले घर खर्च टार्ने अधिकांश अहिले गाउँमै रोजगारी गरिरहेका छन् । गाउँपालिकाले आर्थिक बर्ष ०७६÷०७७ मा सुरु गरेको श्रमरोजगार बैैंक मार्फत प्रत्येक वर्ष दुई सय ५० जनाभन्दा बढिलाई गाउँमै रोजगार दिए पछि भने कालापहाड जानकोे संख्या घटेको भगवतीमाई गाउँपालिका सुचना अधिकारी प्रेमबहादुर खड्काले बताए । उनले भने, ‘गाउँपालिकाले तीन वर्ष सुरु गरेको श्रमरोजगार बैक मार्फत करिव एक हजार जना भन्दाबढीलाई रोजगारी दिएको छ, हामिले युवालाई बिकासमा स्थापीत गराएर डोजर बिस्थापीत गर्ने निति अनुरुप रोजगारी सिर्जना गरी रोजगार दिएकाछौ ।’

भगवतीमाईले श्रमरोजगार बैक, मुख्यमन्त्री रोजगार, प्रधामन्त्री रोजगार कार्यक्रम लगायत विभिन्न कार्यक्रम सञ्चालन गरी युवाहरुलाई रोजगारीमा जोड्ने उद्देश्य अनुरुप आर्थिक वर्ष २०७९/०८० मा १६ वटा योजना सञ्चालन गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ । सडक, विद्यालय घेरवार, सिचाई लगायतका १६ वटा योजना निर्माणका लागि एक करोड ७५ लाख रुयैयाँ बिनियोजन गरी धमाधम काम सुरु भइरहेको रोजगार संयोजक बलबहादुर भण्डारीले जानकारी दिए ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले नेपालको संविधाको मर्म र धारा ३३ ले सुनिश्चित गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न श्रमरोजगार बैक स्थापना गरी रोजगार दिइरहेको बताए । रोजगारीकै कारण युवाहरु कालापहाड मात्र होइन, खाडी मुलुक जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागि श्रमरोजगार बैक मार्फत रोजगारी दिन थालेको उनले बताए ।

अध्यक्षका अनुसार रोजगार बैकमा आवद्ध भएर विभिन्न तालिम प्राप्त गरेका युवाले योजनाको कामहरु गरिरहेका छन् । श्रमरोजगार बैक स्थापना पश्चात गाउँपालिकामा रहेका बेरोजगार युवाहरुको पहिचान र सुचिकरण गर्ने रोजगार केन्द्रमा सुचिकृत भएका बेरोगार ब्यक्तिहरुलाई न्युनत्तम एक आर्थिक बर्षमा १ सय दिनको रोजगारी दिने व्यवस्था गाउँपालिकाले गरेको छ । बैदेशिक रोजगारीमा १० बर्ष काम गरेका युवासमेत रोजगार बैकमा आबद्धभएर गाउँमा काम पाएपछि खुसीभएका छन् । 

प्रतिक्रिया