पाँचथरमा किरात मोर्चाले गरेको बन्दको आंशिक प्रभाव

पाँचथर । प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेको विरोधमा किरात मोर्चाले गरेको बन्दको पाँचथरमा आंशिक प्रभाव परेको छ । शुक्रबार बिहानदेखि मोर्चाले ‘कोशी’ खारेजको माग गर्दै बन्द गरेको छ । बन्दले लामो दुरीका सवारी साधन, पसल विद्यालय तथा फिदिम बजारमा आंशिक प्रभाव परेको छ ।

मोर्चाले किरातहरूको उद्गमस्थल भएर पनि जनचाहनाविपरीत नामाकरण भएको भन्दै सशक्तविरोधसवरूप बन्द घोषणा गरेको थियो ।

मोर्चाले विज्ञप्ति जारी गर्दै प्रदेश १ किरात सम्यता, इतिहास रहेको भए पनि हालको नेतृत्वले बेवास्ता गरेको बताएको छ । बन्दका दिन बजार, यातायातका साधन र शैक्षिक संस्था ठप्प पार्ने तथा एम्बुलेन्स, शवबाहना दमकलगायतका साधन भने चल्न दिने जनाइएको थियो ।

प्रतिक्रिया