छिमेकी देश चीनका अनौठा कानुन

वेइजिङ । लाइभस्ट्रिम किनमेल चीनमा एक लोकप्रिय माध्यम भएको छ । त्यहाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू आफ्ना ग्राहकहरूलाई बेच्न प्रत्यक्ष प्रस्तुति दिन्छन् । यस्तो अवस्थामा कम्पनीहरूले भित्रीवस्त्र जस्ता उत्पादनका लागि महिला मोडलको सहारा लिने गरेका छन् । तर अब चीनले नयाँ कानुन बनाएर महिला मोडलमाथि प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा अब बजारमा पुरुष मोडललाई लत्ताकपडाको लोड परेको छ । अहिले लाइभ स्ट्रिम शपिङमा महिला मोडलको सट्टा पुरुष मोडलहरूले ग्राहकलाई भित्रीवस्त्र देखाउने गरेका छन् ।

महिला मोडलमाथि किन प्रतिबन्ध ?

वास्तवमा, कुनै पनि प्रकारको अनलाइन पोर्नोग्राफी चीनमा अवैध छ । यस्तो अवस्थामा अनलाइनमा महिला मोडलहरूको लङ्गरीको विज्ञापनले कानुन उल्लंघन गरिरहेको थियो । महिला मोडलको विज्ञापनमा प्रतिबन्ध लागेपछि कम्पनीहरूले अर्को बाटो फेला पारेका छन् । अब उनीहरू एडल्ट एडका लागि पुरुष मोडेलहरू प्रवर्द्धन गर्दैछन् । कतिपय कम्पनीले पुरुष मोडलका भित्रीवस्त्रका तस्विर र भिडियो पनि सार्वजनिक गरेका छन् । जसलाई दर्शकले रुचाएका छन् । भाइरल भिडियोमा पुरुष मोडलहरू पुशअप ब्रा, शिफन नाइटी, लेस गाउनलगायत विभिन्न प्रकारका भित्रीवस्त्र लगाएका देखिन्छन् ।

प्रतिक्रिया