पर्सा । पर्साको पोखरियामा रहेको पहिलो रेडियो आकास एफ एम पोखरिया १०१ दशमलव ९ मेघाहर्जले आयोजना गरेको होली मिलन समारोह तथा सांस्कृतिक लाईभ कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिका वडा नं ४ पोखरिया शिव मन्दिरको सभाहलमा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै गायक छोटु राजा, र सुदिप चौरसियाले सिया निकले अवधवा के ओर होलिया खेले रामलला लगायत को होली गीत प्रस्तुत गरेका थिए ।
एफ एमका प्रबन्ध निर्देशक लालबाबु बानियाको अध्यक्षतामा होली मिलान समारोह कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । होली मिलन समारोहमा पोखरिया नगरपालिका नगरप्रमुख प्रधुमनप्रसाद चौहान, उपप्रमुख रुबी ठाकुर, पुर्व प्रदेश सांसद पहलाद गिरी, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, पुर्व मेयर दिपनारायण रौनियार, पुर्व उपमेयर सलमा खातुन, लोजपाका केन्द्रीय सदस्य नजामुदिन समानी, वाईसियल केन्द्रीय संतोष पटेल, माओवादीका जिराभवानी गाउँपालिका अध्यक्ष रामाकान्त चौधरीको शुभकामना दिएका थिए ।
त्यस्तै, युवा नेता शिव कुमार साह,पोखरिया नगरपालिका को वडा अध्यक्ष लक्ष्मण साह, नवसाद आलम, केदार महतो, युवा नेता सुजित गिरी, राजु रौनियारलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
पर्सा
प्रतिक्रिया