बढ्न थाले विदेशी पर्यटक

नेपालमा विदेशी पर्यटकको आगमन कोरोनापूर्वकै अवस्थामा फर्केको छ । सन् २०२३ को पहिलो दुई महिनाको आँकडा हेर्ने हो भने अहिलेसम्मकै रेकर्ड तोडिने संभावना देखिएको छ । पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार गत जनवरीमा ५५ हजार पर्यटक नेपाल भित्रिएका छन् भने फेब्रुअरीमा ७३ हजार पर्यटक भित्रिएका छन् । वर्षका १२ महिनामध्ये डिसेम्बरदेखि फेब्रुअरीसम्मका तीन महिना वैदेशिक पर्यटन व्यवसायको ‘अफ सिजन’ मानिन्छ । तै पनि यो वर्ष अफ सिजनमा समेत उल्लेख्य पर्यटक नेपाल भित्रिएका छन् । यतिसम्मकी कोरोनाभन्दा पहिलाको समयमको भन्दा पनि धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोरोनाकालअघि अर्थात सन् २०१९ को जनवरी र फेब्रुअरीमा भन्दा यस वर्षको जनवरी र फेब्रुअरीमा भन्दा यस वर्षको जनवरी र फेब्रुअरीमा बढी पर्यटक भित्रनु भनेको नेपालका पर्यटन व्यावसायीहरूका निम्ति अत्यन्त सुखद् लक्षण हो । कोरोनाकाल सकिए पछि २०२२ को जनवरीमा १७ हजार र फेब्रुअरीमा २० हजार पर्यटक नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसपटक चार÷पाँच गुणा वृद्धि भएको छ । कोरोनाकाल अघिको पा“च वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा विदेशी पर्यटकहरू सरदर वार्षिक ८÷१० लाख भित्रिने गर्थे । सन् २०१९ मा करिब १२ लाख पर्यटक भित्रिएका थिए । त्यसबेला सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, कोरोना महामारीका कारण पर्यटक आगमनलाई नै प्रतिबन्ध लगाउनुपर्ने वाध्यता उत्पन्न भयो । सन् २०२० र २०२१ पर्यटन व्यवसायीका लागि कालो युग सावित भयो । अब भने स्वर्ण युग सुरु भएको हो कि भन्ने संकेत सन् २०२३ को पहिलो दुई महिनाले देखाएको छ ।

पहिलो दुई महिनाको आगमनलाई हेर्दा २०२३ मा कम्तिमा पनि २० लाख पर्यटक नेपाल भित्रिने अनुमान सजिलै गर्न सकिन्छ । तर चुनौती भने धेरै छन् । पहिलो चुनौती भनेको पर्यटक आगमनका लागि हवाई यातायात सेवाको उपलव्धता हो । किनकी विदेशी पर्यटकको नेपाल आउने निश्चित सिजन भनेको अप्रिल र मे महिना हो । नेपाल आउने मध्ये करिब २५ प्रतिशत पर्यटक अप्रिल र मे महिनामा आउँछन् । यो दुई महिनाको आगमनलाई विश्लेषण गर्ने हो भने आगामी अप्रिल र मे महिनामा करिब पाँच लाख विदेशी पर्यटक आउन सक्ने देखिन्छ । तर, दुई महिनाको अवधिमा पाँच लाख पर्यटक आवतजावत गर्न सक्ने अन्तर्राष्ट्रिय हवाई यातायातको क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग छैन । उनीहरूका लागि चित्त बुझ्ने गरी खाने बस्ने सुविधा उपलव्ध गराउन पर्यटक व्यवसायी सक्षम छन् वा छैनन् ? भन्ने प्रश्न पनि कम महत्वपूर्ण छैन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै तयार गरिएका भौतिक पूर्वाधार त छन्, तर कोरानाकालमा रोजगारी खोसिएका कामदारहरू वैदेशिक रोजगारीमा गएका छन् । यता यो अवधिमा आन्तरिक पर्यटन पनि ह्वात्तै बढेको छ ।

विदेशी पर्यटकहरूको आगमन बढ्न थालेको यो उत्साहजनक स्थितिलाई चुक्न नदिन सरकार तथा पर्यटन व्यवसायीहरू अहिलेदेखि नै हदैसम्मको तयारीमा जुट्नु जरुरी छ । पहिलो कुरा त निर्माण सम्पन्न भइसकेका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै पनि हालतमा सञ्चालनमा ल्याउनुप¥यो । दोस्रो कुरा नेपालकै विमान सेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गर्नु प¥यो । तेस्रो कुरा पर्यटक आउने मुख्य सिजनमा नेपालीहरूलाई विदेश भ्रमणमा अंकुश लगाउनुप¥यो, ताकी विदेशी पर्यटकहरूलाई आउन जान सजिलै प्लेनको टिकट मिलोस्, विदेशी पर्यटक ओसार्ने अन्तर्राष्ट्रिय विमानहरूले हवाई ट्राफिकको सास्ती बेहोर्नु नपरोस् । यसैगरी व्यवसायीहरूले पनि अबको तीन महिनापछि आउँदै गरेको मुख्य सिजनलाई ख्याल गर्दै भौतिक पूर्वाधार तथा जनशक्तिको उचित व्यवस्थापन गर्नुप¥यो । पर्यटकलाई सकेसम्म खुसी बनाउन कुनै कसर बाँकी राख्नु भएन । एउटा भनाइ नै छ, ‘खुसी भएर स्वदेश फर्केको एक जना पर्यटकले थप पाँच जनालाई नेपाल भ्रमणमा पठाउँछ, दुःखी भएर फर्केको एक जना पर्यटकले नेपाल आउने तयारीमा रहेका थप पाँच जनालाई भड्काउन सक्छ । विदेशी मुद्रा आर्जनका लागि तथा आन्तरिक रोजगारीका लागि पर्यटन उद्योगजस्तो उत्तम अर्को स्रोत नेपालमा अहिलेसम्म छैन ।

प्रतिक्रिया