यातायात व्यवस्था विभागको महानिर्देशकमा गौतम

काठमाडौं । यातायात व्यवस्था विभागमा ६ महिनामै महानिर्देशक हेरफेर भएको छ । केही दिनअघि सहसचिव टोकराज पाण्डेको सरुवा भएपछि उक्त जिम्मेवारी तुल्सीनाथ गौतमले पाएका छन् ।

पाण्डेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरिएको छ । उनले गत भदौ २० मा मात्रै उक्त जिम्मेवारी सम्हालेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गौतमलाई महानिर्देशक नियुक्त गरेको हो । उनले आजै पदवहाली गरिसकेका छन् ।

प्रतिक्रिया