टर्की र सिरियामा आएको भूकम्प यति विनाशकारी किन ?

दमास्कस । सिरिया र टर्कीको सिमानामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म ४ हजारभन्दा बढीको मृत्यु भएको बताइएको छ । गाजियानटेप सहर नजिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसको लगत्तै दोस्रो झटका आयो ।

यी भूकम्पमा यति धेरै मृत्यु किन भएको हो भन्ने प्रश्न उठिरहेको छ ?
यो निकै ठुलो झट्का थियो । गाजियन्टेप नजिकैको भूकम्पको म्याग्निच्युड ७.८ थियो । आधिकारिक स्तरमा, यसलाई धेरै विनाशकारी श्रेणीमा राखिएको हुन्छ ।
यसको केन्द्र तुलनात्मक रूपमा सतही थियो, लगभग १८ किलोमिटर मुनी थियो, यसैका कारण जमिनमा भएका भवनलाई गम्भीर क्षति पुग्यो ।
युनिभर्सिटी कलेज लन्डनका जोखिम तथा प्रकोप न्यूनीकरण संस्थानका प्रमुख प्रोफेसर जोआना फाउरे वाकरका अनुसार कुनै पनि वर्षमा आएका विनाशकारी भूकम्पलाई यदि हेर्ने हो भने पछिल्लो १० वर्षमा यो तीव्रताका दुई वटा र त्यसअघिको दशकमा चार भूकम्प दर्ता गरिएका छन् ।

तर शक्तिशाली भूकम्पका कारण नै यति ठुलो मात्रामा विनाश भएको छ । भूकम्पको धक्का सोमबार बिहान मानिसहरू घरभित्र सुतिरहेका बेला आएको थियो । पक्की घर पनि यो विध्वंसको एक कारक हो ।

पोर्ट्समाउथ विश्वविद्यालयमा ज्वालामुखी र जोखिम सञ्चारका पाठक डा कार्मेन सोलाना भन्छन्, ‘दक्षिणी टर्की र विशेष गरी सिरियामा आवासीय पूर्वाधारहरू दुर्भाग्यवश धेरै टाढा छन्, त्यसैले त्यहाँ जीवन बचाउनका लागि राहत र उद्धारमा ठुलो निर्भरता छ । जिउँदो मानिसलाई बचाउने हिसाबले अर्को २४ घण्टा निकै महत्त्वपूर्ण छ । ४८ घण्टापछि जीवित मानिस भेटिने सम्भावना निकै कम हुन्छ ।’

यो त्यस्तो क्षेत्र हो जहाँ विगत २०० वर्षदेखि कुनै ठुलो भूकम्प वा त्यस्तो खतरनाक सङ्केत थिएन । त्यसैले भूकम्पको धक्का आउने क्षेत्रको तुलनामा तयारी कम थियो । पृथ्वीको भित्री भाग विभिन्न प्लेटहरू मिलेर बनेको हुन्छ, जुन एक अर्कासँग जोडिएका हुन्छन् ।

प्रायः यी प्लेटहरू सर्छन् र नजिकैको प्लेटहरूसँग घर्षण हुन्छ । कहिलेकाहीँ तनाव यति बढ्छ कि एक प्लेट अर्कोमा चढ्छ, जसका कारण सतहमा पनि हलचल हुन्छ ।

यो मामिलामा अरेबियन प्लेट उत्तरको तर्फ घिस्रिरहेको छ र एनातोलियन प्लेटसँग यसको घर्षण भइरहेको छ । प्लेट बीचको घर्षण विगतमा पनि विनाशकारी भूकम्पको कारण बनेको छ ।

जसका कारण सन् १८२२ अगस्ट १३ मा ७.४ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पभन्दा निकै कम हो ।
यहाँसम्म कि १९ शताब्दीमा आएको भूकम्पले यस क्षेत्रका सहरहरूमा भारी विनाश निम्तिएको थियो जसमा अलेप्पोमा मात्रै ७,००० मानिसको मृत्यु भएको थियो । यसपछि पनि एक वर्षसम्म विनाशकारी परकम्पहरू आइरहे ।
यो ताजा भूकम्पपछि पनि लगातार पराकम्प आउने क्रम जारी रहेको र यस क्षेत्रमा यसअघि गएको ठुलो भूकम्पजस्तै परकम्प पनि आउने वैज्ञानिकहरूको अनुमान छ ।

कसरी मापन गरिन्छ ?

अब भूकम्प मोमेन्टलाई म्याग्निच्युड स्केलमा मापन गरिन्छ । २.५ रेक्टर स्केल वा सोभन्दा कमको भूकम्प कत्ति पनि महसुस हुँदैन । तर यसलाई पनि उपकरणबाट मापन गर्न सकिन्छ । करिब पाँच म्याग्निच्युडको भूकम्प महसुस गर्न सकिन्छ र सामान्य क्षति मात्रै हुन्छ ।

तर टर्कीमा भूकम्पको तीव्रता ७.८ थियो । यसलाई ठुलो भूकम्प भनिन्छ र यसले प्रायः विनाशकारी परिणामहरू निम्त्याउँछ । र टर्कीमा पनि त्यस्तै भएको छ ।

तर आठ भन्दा माथिको भूकम्पले भयानक विनाश निम्त्याउँछ र समुदायलाई पूर्ण रूपमा नष्ट गर्दछ । सन् २०११ मा जापानको तटीय क्षेत्रमा गएको भूकम्पको म्याग्निच्युड ९ रेक्टर स्केल थियो । यसले जापानमा ठुलो विनाश निम्त्यायो । पछि भूकम्पका कारण सुनामीको छाल उठेर थप विध्वंस मच्चियो ।

जसका कारण जापानको परमाणु संयन्त्र पनि खतरामा परेको थियो । चिलीमा अहिलेसम्मकै सबैभन्दा ठुलो भूकम्प सन् १९६० मा रेकर्ड गरिएको थियो । यसको तीव्रता ९.५ रहेको बताइएको थियो ।

प्रतिक्रिया