गोल्डेन एथलेटिक्स मिट : तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं । गोल्डेन एथलेटिक्स मिटमा नेपाल पुलिस क्लबका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा सोमबार पाँच हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दूरी १५ मिनेट ५३.०३ सेकेन्डमा पूरा गरेका थिए । १५ मिनेट ५६.०६ सेकेन्डमा दूरी पूरा गरेका पुलिसका सन्तोषनाथ योगी दोस्रो भए । पुलिसकै प्रकाश सिंह तेस्रो भए । उनले १६ मिनेट ०२ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

महिला पाँच हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले निर्धारित दूरी १७ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन् । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो भइन् ।

पुरुष २०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै स्वर्णपदक जिते । एपीएफकै निरप्रताप महतोले २२.८१ सेकेन्डमा दूरी पूरा गर्दै रजत र काठमाडौंका अरुण महतोले २३.०५ सेकेन्डमा दूरी पूरा गर्दै काश्यपदक जिते ।

सोही स्पर्धामा महिलातर्फ दाङकी निशा चौधरी २५.७१ सेकेन्डमा दूरी पार गर्दै स्वर्णपदक जित्न सफल भइन् । एपीएफकी रमिताकुमारी थारुले २६.७२ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २८.४६ सेकेन्डमा दूरी पूरा गर्दै काश्यपदक जितिन् ।

पुरुष ८०० मिटर दौडमा पुलिसका तेजबहादुर कार्कीले एक मिनेट ५८.४ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्णपदक जिते । पुलिसका नागेश्वर ऐरले एक मिनेट ५८.९ सेकेन्डमा दूरी पूरा गर्दै रजत र सुदूरपश्चिमका कुशल जैशीले दुई मिनेट ०३.९ सेकेन्डमा दूरी पूरा गर्दै काश्यपदक जितिन् ।

महिला ८०० मिटरमा एपीएफकी फुलमती रानाले दुई मिनेट २३.५ सेकेन्डमा दूरी पार गर्दै स्वर्णपदक जितिन् । एपीएफकै आशा रावतले दुई मिनेट २९.३ सेकेन्डमा दूरी पूरा गर्दै काश्य र सिमा चौधरी दुई मिनेट ३२.४ सेकेन्डमा दूरी पूरा गर्दै काश्यपदक जितिन् ।

पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवानले १३.४८ सेन्टिमिटरको दूरी पार गर्दै स्वर्णपदक जिते । एपीएफकै चन्द्रदेव जोशीले १३.४५ सेन्टिमिटरको दूरी पार गर्दै काश्य र रामकुमार लामिछानेले १३.३५ सेन्टिमिटरको दूरी पार गर्दै काश्यपदक जिते ।

सोही स्पर्धामा महिलातर्फ पुलिसकी सिमा चौधरीले १०.२९ मिटरको दूरी पार गर्दै स्वर्णपदक जितिन् । एपीएफकी इनजीता राईले ९.८६ सेकेन्डको दूरी पार गर्दै रजतपदक जितिन् । पुलिसकी सुमित्राकुमारी चौधरीले ९.५४ मिटरको दूरी पार गर्दै काश्यपदक जितिन् ।

ज्याभलिन थ्रोमा पुरुषतर्फ एपीएफका रमेश पोखरेलले ५२.५५ सेन्टिमिटरको दूरीमा थ्रो गर्दैै स्वर्णपदक जिते । एपीएफकै मनोज डन्गुरा दोस्रो र पुलिसका पुस्कल खड्का तेस्रो बने । महिला स्पर्धामा चन्द्रकला लाम्घादे ४२.१३ सेन्टिमिटरको दूरीमा थ्रो गर्दै पहिलो भइन् । एपीएफकी सिमाकुमारी थारु दोस्रो र बसन्ती चौधरी तेस्रो भइन् ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्काले ११.७४ मिटर फाल्दै स्वर्णपदक जिते । पुलिसकै रुपेश भण्डारी दोस्रो र एपीएफका मिलन चौधरी तेस्रो बने । महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११.९७ मिटर फाल्दै पहिलो भइन् । पुलिसकै बसन्ती चौधरी दोस्रो र गोरखाकी मन्जु गुरुङ तेस्रो बनिन् ।
चार गुणा ४०० मिटर मिक्स रिलेमा एपीएफ टिम च्याम्पियन बन्यो । लुम्बिनी प्रदेश दोस्रो र नेपाल पुलिस क्लब तेस्रो बन्यो ।

प्रतिक्रिया