‘ह्यारी की प्यारी’ आजदेखि हलमा

काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । बीआर प्रोडक्सनकको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि चलचित्रमा अभिनय देख्न सकिन्छ । अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ ।

डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

प्रतिक्रिया