पुनको ‘एकल साँगीतिक साँझ’ हुने

काठमाडौं । लोक दोहोरी गायिका टीका पुनको एकल साँझ हुने भएको छ । आगामी शनिबार दिउँसो साढे एक बजेबाट कमलादीस्थित प्रज्ञा भवनमा हुने एकल साँझमा उपराष्ट्रपति प्रमुख अतिथि रहने छन् । गायिका पुनले पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी दिएकी हुन् । उनले नेपालको मौलिक गीत संगीत तथा संस्कृतिको जर्गेेना गर्ने लक्ष्यका साथ आफूले एकल सांगीतिक साँझ गर्न लागेको बताइन् ।

सांगीतिक साँझमा गायिका पुनलाई गायक नारायण रायमाझी, खड्ग गर्बुजा, बिबी अनुरागी, मिलन लामा, राजु परियार, पशुपति शर्मा, रामजी खाँण, किरणबाबु पुन लगायतले प्रस्तुतिमा साथ दिने आयोजक दर्पण संगीतालयले जनाएको छ ।

गायिका पुनका ‘लालुपाते फूल छैन रुख मात्रै’, ‘सलल बगेको भेरी नदी’, ‘क्षितिज पारी उनको बस्तीमा’, ‘म पूजा गर्छु मायाको’, ‘एबिसिडि’, ‘समाजको बन्धन’, ‘छोरी पाए’, ‘यो मार्मिक सन्देश’, ‘जुनमा पनि दाग छ’, ‘तिम्रो दर्शन पाइन’, ‘पोखरा फेवाताल घुम्नलाई’, ‘म त जुनी जुनी’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया