काठमाडौं । छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड ‘निम अवार्ड’ २०२३ को मनोनयन सार्वजनिक भएको छ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा उक्त अवार्ड वितरण सम्पन्न हुन गइरहेको छ ।
निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रालिले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधवराज खरेलले जानकारी दिए ।
उक्त अवार्ड वितरण समापनफागुनको दोश्रो साता हुने अध्यक्ष खरेलले बताए । कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने उनको भनाइ छ ।
प्रतिक्रिया