कुमारी बैंक लिमिटेड र तपाईंको बजारबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब ‘तपाईंको बजार’बाट बिभिन्न ब्रान्डका गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा सजिलै गर्न सक्नेछन । यस सहकार्यको लागी, तपाईंको बजारको तर्पmबाट सञ्चालक सुशिल संग्रौला र कुमारी बैंक लिमिटेडको तर्पmबाट डिजिटल मार्केटीङ प्रमुख अर्पण पौडेलले हस्ताक्षर गरे ।

‘तपाईंको बजार’ एउटा नयाँ अवधारणामा आधारित अनलाइन डिजिटल शोरुम होजसले आफ्ना ग्राहकहरूकालागि नयाँ तथा प्रयोगमा आइसकेका गाडी, मोटरसाईकल, स्कुटर खरिद बिक्रीगर्न सक्ने सरल व्यवसायिक अनलाइनबजार निर्माण गरेको छ । यस खरिद बिक्री प्रणलीलाई थप सहज बनाउनतपाईंको बजारले कुमारी बैंक लिमिटेडसँग यो सहकार्य गरेको हो जसबाट अब कुमारी बैंकका क्रेडिट कार्ड वाहकहरूले सजिलै मासिक किस्ताबन्दिमा तपाईंको बजारको उक्त सेवालिन सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारम ाथप प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ‘तपाईंको बजार’ मा पाइने विभिन्न सेवाहरुको भुक्तानीआफ्नो क्रेडिट कार्ड मार्फतसरलएवम् सहजकिस्ताबन्दीमागर्न मिल्ने प्रावधान गरेको हो । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया