प्रचलित स्वस्थानीका केही पात्र र कथा : एक विश्लेषण

मोहनप्रसाद सापकोटा

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानीको व्रत गरिन्छ । उक्त महिनाभर काठमाडौं उपत्यकास्थित सालीनदीमा मेला लाग्ने गर्दछ । व्रतालुहरू पनि यहाँ बसेर व्रत गर्ने गर्दछन् । घरघरमा पनि स्वस्थानीको महिमाको गान गाइने गरिन्छ । स्वस्थानीको पुस्तक वाचन गरिन्छ र अरूलाई सुनाइन्छ । यसै पुस्तकमा विभिन्न पात्र र कथाको प्रसंगसहित व्याख्या गरिएको छ । सर्सती हेर्दा कतिपय प्रसंग अपत्यारिला जस्ता देखिन्छन् । यस्ता प्रसंगको अर्थ बुझ्न अन्य पुराणमा भएका व्याख्यासहितका प्रसंगको अध्ययन गर्नुपर्ने हुन्छ । तब मात्र केही गाँठो फुकेको अनुभव हुन्छ । जब पुरै गाँठो फुकाउन सक्ने भइन्छ तव सबै एकाकार हुइन्छ भनेर यिनै शास्त्रले व्याख्या गरेका छन् । यहाँ स्वस्थानी पुस्तकमा वर्णित केही पात्रको केही विश्लेषण गर्ने जमर्काे गरिएको छ ।

महादेव र सतिदेवीको विवाह

सृष्टि कसरी अघि बढाउने भन्ने विषयमा विष्णु र ब्रम्हाका बीचमा गहन छलफल हुने गर्दथ्यो । सृष्टि अघि बढाउन जिम्मा दिइएका ब्रम्हाका पुत्र दक्षप्रजापति र विरणीबाट सृष्टिको क्रम अघि बढ्ने छाँट देखिइरहेको थिएन । दक्षप्रजापति र विरणीबाट मैथुनमार्पmत सृष्टि गर्ने विधिको सफलतापूर्वक परीक्षण त भयो तर जन्मिएका सन्तान कि तै वैरागी, कि अति साना (बूढीऔँला जत्रा) जन्मिरहेका थिए । अर्थात् पृथ्वीको वातावरण मानव आदि जीवको लागि अनुकूल भइरहेको थिएन । पृथ्वीको वातावरणलाई जीवका लागि अनुकूल बनाउन प्रकृतिलाई सो अनुकूल बनाउनु पर्दछ भन्ने ठहर भयो । अनि आफ्नो रूप नै प्रकृति भएकी महाशक्तिलाई यो कामका लागि सहयोग माग्ने सहमति भयो ।

कुनै पनि महाशक्तिलाई अर्को महाशक्ति वा विशेष व्यक्तिले पनि कठोर तपस्या नगरी दर्शन पाउन नै सकिँदैनथ्यो । त्यसैले तपस्या गरी महाशक्तिलाई खुसी पार्दै आफ्नी पुत्रीकारूपमा जन्म लिन र पृथ्वीको वातावरण अनुकूल बनाउन सहमत गराउन ब्रम्हाका पुत्र दक्षप्रजापतिलाई नै जिम्मा दिइयो । त्यसपछि दक्षप्रजापतिले गरेको अति कठोर तपस्याबाट प्रसन्न भई महाशक्ति जगदम्बिका दक्षकी छोरी भई जन्मिन्, महादेवसित विवाह गर्न र पृथ्वीको विकृतिलाई शिवसँगै मिलेर नाश गर्न सहमत हुनुभएको थियो ।

भगवान् शिवले कालकूट विष पिएको प्रसंग सम्झाउन चाहेँ । त्यो विष भनेको पनि पृथ्वीको वायुमण्डलमा त्यतिखेर रहेको विषालु ग्याँस थियो । समुन्द्र मन्थन नामक एक विशेष तरिका अपनाई त्यसलाई एकत्रित गरिएको थियो । त्यसबेला भगवान् शिवले पृथ्वीको वायुमण्डलमा रहेको विषालु ग्याँसको एकत्रित भागलाई सोसेर आफ्नै शरीरमा राख्नुभएको थियो । पुराणहरू अनुसार त्यसबेलासम्म दैवी र दानवी शक्ति बाहेकका अन्य जीव पृथ्वीमा थिएनन् । त्यसपछि पनि पृथ्वीको वातावरण जीवका लागि पूर्णरूपमा अनुकूल भइसकेको थिएन । यो वातावरण जीवका लगि अनुकूल बनाउनकै लागि माता जगदम्बाको सहयोग लिइएको थियो । ‘दक्षप्रजापतिकी जेठी छोरी सतिदेवी’ भनी सुनेका र सुनाइएका भरमा मात्र भित्री कुरा केही पनि थाहा नहुँदो रहेछ । हामीलाई स्वस्थानी आदि कुनै एक ग्रन्थका कथाले त्यस्तै अनभिज्ञ बनाउँदै आएका छन् ।

महाशक्ति दुर्गा सतिदेवी दक्षप्रजापतिकी जेठी छोरी बनेर जन्मिइन् । बिहे गर्ने बेला पनि भयो तर सधैँ वैरागी भएर तपस्या गरिरहने महायोगी भगवान् शिवलाई बिहे गर्न के गरी र कसले मनाउने भन्ने समस्या अभैm बाँकी थियो । अनि यो कार्यका लागि ब्रम्हा आफैँ खटिनुभयो । ब्रम्हाले शिवलाई तपस्याद्वारा खुसी पारी सबै प्रयोजन बताएर विवाह गर्न मनाउनुभयो । तर शिव भगवान्ले त्यसबेला विवाहका लागि केही सर्तहरू राखि दिनुभयो । त्यसमध्येको एउटा सर्त ‘मेरी पत्नी हुने स्त्रीले ममाथि वा मेरा कुरामाथि अविश्वास गरे म उनलाई त्यागी दिन्छु’ भन्ने थियो ।

स्वास्नी नपाएर स्वास्नीका लागि गिडगिडाएर वा अनेक छलछाम गरेर वा अरू कसैको सहयोग लिएर भगवान् शिवले सतिदेवीसँग विवाह गरेका कथा ग्रन्थ विशेषमा उल्लेख भए पनि ती सही होइनन् । आँखा पो महत्वपूर्ण अंग हो त भन्दै कानमा झिर छिराएर प्वाल पार्ने खालका कथा जुनसुकै ग्रन्थमा भए पनि ती सनातन धर्मविरोधी कथाहरू हुन् ।

विवाहका लागि भगवान् शिवलाई सहमत गराइएपछि उहाँकै अनुमतिले ब्रम्हा स्वयं दक्षप्रजापतिका घरमा शिवका लागि सतिदेवीलाई माग्न जानुभयो । दक्षप्रजापतिले आफ्नो सृष्टि बढाउने जिम्मेवारी पूरा हुन आँटेको देखी खुसी हुँदै आफ्नी छोरी सतिदेवी महादेवलाई विवाह गरिदिए । योजना नै त्यही थियो त त्यहाँ अन्य तिगडमको किन आवश्यकता पर्दथ्यो र ? सबैको उपस्थितिमा सतिदेवीको धूमधामसँग विधिपूर्वक विवाह भएको थियो ।

यसपछि शिव र सति दुवै जना मिलेर पृथ्वी घुम्दै हरेक ठाउँमा भएका प्राकृतिक विकृतिलाई सोस्दै आपूmमा लीन गराउँदै हिँड्न थाल्नुभयो । यस अवधिमा आफ्नो शरीरमा ऊर्जा कम हुँदा उहाँहरू योगमार्पmत तपस्या गरी आफ्नो शरीरलाई शुद्ध पार्दै पुनर्ताजगी प्रदान गर्दै जानुहुन्थ्यो । जति गर्दा पनि शरीरको विकार नघटेको अवस्थामा भने आफ्नो शरीरलाई अर्को शरीरमा रूपान्तरण गर्नुहुन्थ्यो र पृथ्वीको विकार थुप्रिएर भएको शरीरको डाह शान्त पार्नुहुन्थ्यो । यसरी पृथ्वीमा भएको विकार सोस्दै हिँड्ने व्रmममा विस्तारै सतिदेवीको शरीर शुद्ध हुनै नसक्ने गरी कालो देखिन थालेको थियो । अब उहाँले त्यो देह त्यागी अर्को देहमा प्रवेश गर्न जरुरी भइसकेको थियो ।

यसका लागि निमित्त त चाहिन्थ्यो नै । त्यसैले यस्तो घटना घट्न पुग्यो ः एकदिन सतिदेवीले ‘वनमा सीता खोज्दै डुलिरहेका राम नै साक्षात् विष्णु हुन्’ भनेर शिवले भन्दा पत्याइनन् । नपत्याउँदासम्म त ठिकै थियो सीता नै बनेर रामको परीक्षा लिन पुगिन् । यो घटना पछि भगवान् शिवले सतिदेवीलाई आफ्नो पूर्वसर्त बमोजिम मानसिकरूपमा त्यागि दिनुभयो । अनि बेलाबेलामा काली भनेर पनि खिज्याउन थाल्नुभयो । यो घटना सतिदेवीको प्रदूषित शरीरलाई त्यागी अर्को शरीरमा प्रवेशका लागि बहाना हुन पुग्यो ।

पृथ्वी (माटो), जल, तेज, वायु र आकाश ः यी पाँच कुरालाई पञ्महाभूत भनिन्छ । यो ब्रम्हाण्डमा भएका सबै कुराको सृष्टि यिनै पाँच कुराको मिश्रणबाट हुने गर्दछ । पृथ्वी (वा माटो) लाई शुद्ध बनाउने जिम्मा महाशक्तिलाई अर्थात् प्रकृतिलाई र आकाश शुद्ध बनाउने जिम्मा भगवान् शिवलाई दिइएको छ । यो संकेत पुराणहरूमा लेखिएको ‘ॐ’ अर्थात् ‘नाद’को उत्पत्ति कथामा पाइन्छ ।

भगवान् शिव र दक्षका बीचमा शत्रुता हुनुको कारण

दक्षप्रजापति र भगवान् शिवका बीचमा शत्रुता बढ्नुको कारणका सम्बन्धमा भने प्रायः सबै पुराणहरूमा समान मत पाइन्छ । समारोह विशेषमा आपूmलाई आदर नगरेकोमा दक्षले भगवान् शिवलाई ‘तिमीले यज्ञको भाग नपाएस्’ भनी श्राप दिए । त्यसपछि उनलाई पनि श्राप दिइयो । दक्षले यही श्रापका कारण शिव र सतिलाई आपूmले गरेको यज्ञमा निम्ता नगरेका थिए ।

हैसियत भुल्दा कहिलेकाहीँ सम्मान र सम्बन्ध भन्ने विषयले पनि उग्ररूप लिन्छ । ब्रम्हालाई सृष्टिको जिम्मा दिने भगवान् शिवलाई ब्रम्हाकै पुत्र दक्षप्रजापतिले आपूmलाई मान गरेनन् भनेर घमण्ड गर्नु बेकार थियो । तर घमण्ड गरे । अहिलेकै दृष्टान्त हेरौँ न । अरूले सम्मान गरेनन् भनेर स्याल कराए जसरी कराउनुभन्दा अघि आपूmले अरूलाई कति सम्मान गरिरहेछु भनेर ख्याल गर्नुपर्दछ । राष्ट्रपतिजस्तो गरिमामय पदलाई वैयक्तिक सम्बन्धका आधारमा लिइँदा पदको गरिमा घट्दो रहेछ । सबै कुरा ‘ए त्यो पर्दैन’ जस्ता कुनियतपूर्ण वाक्यका आडमा नछोपिँदा रहेछन् ।

अर्को जीवको अस्तित्व नस्वीकार्ने गरी उन्मत्त भएका सकल देवता, ऋषिमुनि आदिको घमण्डलाई चकनाचूर नपार्दासम्म सृष्टिको क्रम अघि बढ्न सम्भव नै थिएन । त्यसैले ‘दक्ष–यज्ञ’ मार्पmत सबैलाई हैसियतमा राख्न योजना बनाइएको थियो । यज्ञमा भएको विध्वंशपछि सबैले आआफ्नो हैसियतमा रहनुपर्ने शिक्षा पाए । त्यसपछि भएको सृष्टिको क्रममा तिनले कुनै हस्तक्षेप गरेनन् ।

सतिदेवीको प्राणत्याग

दक्षले शिवलाई निन्दा गरेको प्रसंग हामीले सुन्दै आएको प्रसंगजस्तै छ । सतिदेवीको देहत्यागका सम्बन्धमा भने हामीले स्वस्थानीमा सुन्दै र सुनाउँदै आएको प्रसंग अन्य कतिपय पुराणमा उल्लिखित प्रसंगसँग मेल खाँदैन । सतिदेवीले शिवको निन्दा सुनेपछि … ‘यदि शिवसँग दैवी शक्ति छ र सबै जीवभित्र उनी हुन्छन् भने उनले हजुरको यो यज्ञ नाश गराऊन् । यदि मैले कुनै धर्मकर्म, तपस्या आदि गरेर केही फल जोगाएकी छु भने त्यो फलका प्रभावले हजुरको यो यज्ञ नाश होस् । यदि म देवका पनि देव महादेवकी साँच्चिकै प्रिया हुँ र यदि उनी मेरो उद्धार गर्न चाहन्छन् भने हजुरको यो सेखी झरोस् ।’ भनेर आफ्ना पिता दक्षप्रजापतिलाई भनेकी थिइन् । यसपछि योगाभ्यासले आफ्नै शरीरबाट आगो निकाली गंगाको पश्चिम किनारामा गएर आफ्नो देह नाश गरिन् । यो स्थान पछि सौनक तीर्थका नामले प्रसिद्ध भयो ।

अन्य अनेकौँ पौराणिक प्रसंगहरुको पनि संलन र मन्थनबाट अर्कै नतिजा देखिन आउँदछ । कथा बेग्लै हुन्छ र त्यसभित्रको सत्यता बेग्लै हुन्छ । एउटा प्रसंग कोट्याउँ है । पुराणहरूका अनुसार अहिलेसम्म २८ वटा त्रेतायुग बितिसके । हरेक त्रेतायुगमा राम अवतार हुन्छ । अनि यी २८ वटा त्रेतायुगमध्ये कुन त्रेतायुगको अयोध्या कहाँ थियो त ? प्रलय भएर नासिएका होइनन् किनकि पृथ्वीमा जीवको अस्तित्व नै समाप्त हुनेगरी प्रलय हुन करिब हजार वटा त्रेतायुग बित्नु पर्दछ । हामी कहिले कताको त कहिले कताको अयोध्याका पछि हावा तालमा कुदिरहेका छौँ । केही पुराणहरूमा ‘विवाहको विधि नपुगेकोले मैले यो देह त्याग गर्नुपरेको हो’ भनी सतिदेवीले बताएको प्रसंग पनि नभएका भने होइनन्, छन् ।

जालन्धरको प्रसंग

कुनै पनि देवीदेवतालाई तपस्यामार्पmत खुसी पारी केही शक्ति लिइन्छ भने ती देवीदेवताले आपूmसँग भएकै शक्तिमध्येबाट झिकेर उसलाई त्यो शक्ति दिने हुन् । यसपछि कमी भएको शक्ति पूरा गर्न ती दैवीशक्तिले पनि तपस्या नै गर्नुपर्दछ । यसलाई अझ उदाहरणसहित स्पष्टरूपमा भन्नुपर्दा वरदान लिने व्यक्तिमा वरदान दिने व्यक्तिको अंश–शक्ति रहेको हुन्छ । यसैले शिवबाट वरदान प्राप्त गर्ने रावण, अश्वत्थामा, अर्जुन आदिमा शिवको अंश रहेको थियो । कसैलाई संहार गर्नुपर्दा संहार गर्ने अधिकार पाएका शिवबाट, सृष्टि गर्नुपर्दा सृष्टिको दायित्व बोकेका ब्रम्हाबाट, पालन गर्नुपर्दा पालन गर्ने जिम्मा लिएका विष्णुबाट, शक्ति चाहिए देवीबाट, तेज चाहिए सूर्यबाट तथा ज्ञान, सन्तान, मंगल र धन चाहिए गणेशबाट लिइने गरिएका कथाहरू छन् । यी पाँचै वटा दैवीशक्तिमा एउटासँग अर्कोको अन्योन्याश्रित सम्बन्ध रहेका कारण अर्कोको अधिकार क्षेत्रभित्र पर्ने काम पनि यिनले सहजै गर्न सक्दछन् ।

जालन्धरको उत्पत्ति पनि समुद्रबाटै भएको थियो । यस कारण उनी नातामा समुद्रबाटै उत्पत्न भएकी लक्ष्मीका भाइ थिए । यसैले जालन्धरलाई मार्नुपर्ने अवस्था आउँदा पनि ‘जालन्धर मेरो भाइ हो नमार्नु नि !’ भनेर भगवान् विष्णुलाई लक्ष्मीले वाचाबन्धन गराएकी थिइन् । जालन्धरले जेजति शक्ति पाएका थिए त्यो शिवमार्पmत नै पाएका थिए । उनलाई ‘शिवजस्तै’ हुने वरदान दिइएको थियो । अर्थात् जालन्धरमा शिवको अंश थियो । जालन्धरलाई मार्नुपर्ने कारणका विषयमा पनि स्वस्थानीको कथा एकांकी छ, सही छैन । जालन्धर–शिव युद्धमा पनि करोडौँ मानिस मारिएको विवरण पाइन्छ । वास्तवमा पार्वतीलाई जालन्धरले छल्न गएका कारणले मात्र त्यतिखेर त्यति ठूलो नरसंहार भएको होइन ।

पार्वती भनेकी प्रकृति हुन् । प्राकृतिक सौन्दर्यतासँग विश्वका कुनै नारीको सुन्दरताको तुलना गर्न सकिने कुरा पनि थिएन । यसैले जालन्धरकी पत्नी वृन्दाले ‘पार्वतीको सौन्दर्यसँग अरू कसैको सौन्दर्यको तुलना नै हुन सक्दैन’ भनेकी हुन् । एउटा निश्चित भूगोल दिएर शासन गर्ने अधिकार दिइएका जालन्धरले कहिल्यै जानीजानी पाप गरेनन् । तर उनको राज्यमा जनसंख््या बढ्दै गएपछि अनि भौतिक समृद्धि बढ्दै गएपछि त्यसले विश्वको मूल वातावरण (अर्थात् हिमाली क्षेत्रको वातावरण वा प्रकृति वा पार्वती) लाई क्षति पार्न थालेको थियो त्यसैले त्यतिखेर जालन्धरलगायत सबैको संहार गर्नुपर्ने आवश्यकता भएको थियो । अहिले पनि विश्व नजानिँदो किसिमले यहाँ रहेकी पार्वती (प्रकृति) लाई छल गर्न लागिपरिरहेछ । त्यसैले ढिलोचाँडो पुनः यसक्षेत्रमा अर्बाैं मानिसको संहार हुने कुरा निश्चित छ । पुराणहरूका कथा सूक्ष्म किसिमले हेर्दा देवता र दानव दुवैमा राजसी र तामसी स्वभाव पाइन्छ । इन्द्रले गौतम ऋषिकी बूढी गमन गरेका जस्ता अनेकौँ प्रसंग छन् । यी दुईमा फरक एउटै कुरामा देखिन्छ देवताले प्रकृतिलाई चुनौती दिँदैनन् तर दानवले दिन्छन् । यसैले देवता अमर हुन्छन् र दानव नासिन्छन् । प्रकृति पनि अमृत हो, होइन र ?

यसैगरी स्वस्थानीमा श्रीमहादेवको लिंगपतनको जुन वृत्तान्त छ त्योभन्दा कूर्मपुराणमा उल्लेख भएको वृत्तान्त केही फरक रहेछ । स्वस्थानीमा सतीको वियोगमा शोक गर्दै महादेव नांगै हिँडेको कथा पाइन्छ तर कूर्मपुराणमा अलि भिन्न र रहस्यमय प्रसंग भेटिएको छ । प्राचीन कालमा एकताका दारुवनमा हजारौँ मुनिहरू आफ्ना पत्नी र पुत्रसहित तपस्या गरेर बसेका थिए । तिनले लोक कल्याणका लागि गरिरहेको तपस्यामा पारिवारिक मोहले पार्ने प्रभावका विषयमा ज्ञान दिने उद्देश्यले भगवान् शिव नांगै सुन्दर ब्रह्मचारी युवक बनेर र विष्णु अत्यत सुन्दर स्त्रीको रूप लिएर सँगै त्यहाँ गएका थिए । दिगम्बर महादेवलाई देखेर ऋषिपत्नीहरु र सुन्दरी स्त्रीका रूप लिएका विष्णुलाई देखेर ऋषिका छोराहरू सबै काम छाडी तिनका पछि लाग्न थालेछन् । त्यसपछि ऋषिहरू रिसाएर पहिला श्राप दिएछन्, जुन श्रापले महादेवलाई छोएन छ । त्यसपछि पिट्दै लखेट्न थालेछन् । त्यसपछि ‘दिगम्बर भएर हिँडे पनि बरु लिंग फालेर हिँड’ भनेर ऋषिहरूले गाली गरेछन् । ‘मेरो लिंगप्रति हजूरहरुको आपत्ती हो भने यी अहिल्यै फालिदिन्छु’ भनेर महादेवले लिंग फालिदिएछन् । त्यसपछि ऋषिहरूले न ति दिगम्बर पुरुष र स्त्रीलाई देखे न त काटिएर फालिएको लिंगलाई नै । तर एकैछिनमा सूर्यको तेज समाप्त भयो, सारा जगत् अन्धकारमय भयो, आकाशमा पनि कुनै तारा आदि चम्किएका देखिएनन्, समुद्रमा अती भीषण छाल चल्न थाले । प्रसंग तन्काउनुभन्दा पनि भावलाई निचोरेर लेख्न खोजेँ ।

‘शिवलिंग ब्रह्माण्डकै बीजको आधार हो जब आधार ध्वस्त हुन्छ, मूल जरो नष्ट हुन्छ तब त्यस जरोमा आश्रित सबैको अस्तित्व समाप्त हुन्छ । सूर्य आदि जे तत्वले प्रकाशित हुन्थे र सूर्यका कारण जे जति अरू कुरा प्रकाशित हुन्छन् तीे पनि शिवलिंगमा रहेको वीजतत्वका कारण नै प्रकाशित हुन्छन् ।’ अब के हो शिवलिंग भन्ने बारेमा अरू कुरा भन्नै परेन । छैन त यो अति रहस्यमय कथा ?

प्रतिक्रिया