मल समयमा नै उपलब्ध गराउने कार्ययोजना ल्याउन कृषि मन्त्रालयलाई निर्देशन

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले किसानहरूलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा कार्ययोजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बुधबार बसेको १२३ औँ बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा किसानहरूलाई कृषि मल एवं बीउविजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल गरिएको थियो । बैठकमा समितिका सदस्यहरु कृष्णप्रसाद पौडेल, नन्दा चपाई, नारायणप्रसाद दाहाल, भुवनबहादुर सुनार, महेशकुमार महरा, विमला घिमिरे, सिँगबहादुर विक, शारदा देवी भट्ट, प्रतिनिधि सभाका सदस्यहरु सरिता प्रसाई र देव प्रसाद तिमिल्सेनाले बैठकमा धारणा तथा सुझाव राखेका थिए ।

यसै गरी राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा, कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र बहादुर भण्डारी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका ना.प्र.कार्यकारी अधिकृत कुमार राजभण्डारी र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का सचिव शिवहरि खनालले बैठकको छलफलमा भाग लिएका थिए । बैठकमा राष्ट्रिय किसान आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र सरोकारवाला एवं विज्ञहरूको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया