सूर्यज्योतिको सेल्स कन्भेन्सन कार्यक्रम

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले बताएको छ ।

कार्यक्रममा देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिब र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३ सय जना कर्मचारीको सहभागिता रहेको कम्पनीले बताएको छ । कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष तालिम दिएका थिए । कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्ने साथै कार्यालय सञ्चालनमा योग्दान पुर्याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए ।

कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता खत्रीले ब्यक्त गरे । कार्यक्रममा कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले कर्मचारीको प्रगति र हितका लागि सञ्चालक समिति सकारात्मक रहेको भन्दै मेहनत र लगनशील भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पु¥याउने ४८ जना कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए । चु्क्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहको कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयहरूबाट सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया