हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन ?

जयप्रकाश प्रसाद आनन्द गुप्ता

हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन ? यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरिबीसँग पनि यसको कुनै सम्बन्ध छ ? गत बर्ष सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार मधेस प्रदेशको बहुआयामिक गरिबीको दर भने ४७ दशमलव ८९ प्रतिशत पुगेको छ । यस बर्ष संभवतः यसमा अझ केही बृद्धि भएको हुनुपर्छ । मलाई लाग्दछ, प्रायसः हरेक बर्ष मधेसमा तथा देशमा हुने गरेको जाडोबाट भएको मृत्यु भनिएको र बढदो गरिबी बीचको सम्बन्ध खोजौ बारे विमर्श हुनु पर्दछ । यो गंभीर बिषय हो, यसका बारे गंभीरताका साथ बहस हुनुपर्छ ।

जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरी पनि बन्द हुनसक्छ । केही गरिब तथा बिपन्नहरूको मृत्यू भयो । मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होइन, यो अपवादको जाडो हैन । मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शित लहर सहितको कडा जाडो बर्षेनी भै रहन्छ । हर बर्ष जाडोको याममा मानिसहरूको मृत्यू पनि भैरहन्छ । तत्काल यस बारे चर्चा हुन्छ, फेरी कुरा सेलाएर जान्छ ।


हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन ? नेपालमा मात्र होइन, सीमावर्ती भारतमा पनि गरिबहरूको मृत्यु भएको सुनिन्छ । बंगलादेश, पाकिस्तान तथा दक्षिण एशियाका अन्य मुलुकहरूमा पनि । यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरिबीसँग पनि यसको कुनै सम्बन्ध छ ? गत बर्ष सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार मधेस प्रदेशको बहुआयामिक गरिबीको दर भने ४७ दशमलव ८९ प्रतिशत पुगेको छ । यस बर्ष संभवतः यसमा अझ केही बृद्धि भएको हुनुपर्छ । मलाई लाग्दछ, प्रायसः हरेक बर्ष मधेसमा तथा देशमा हुने गरेको जाडोबाट भएको मृत्यु भनिएको र बढदो गरिबी बीचको सम्बन्ध खोजौ बारे विमर्श हुनु पर्दछ । यो गंभीर बिषय हो, यसका बारे गंभीरताका साथ बहस हुनुपर्छ ।


‘गरिबी’ र ‘अकाल’ का वारेमा नोवेल पुरूष्कारबाट सम्मानित अमत्र्य सेनले धेरै लेखेका छन् । उनको प्रसिद्ध पुस्तक ‘प्रोभर्टी एण्ड फामिनिज’मा नोवेल पुरस्कार पाएका अर्थशास्त्री अमत्र्य सेनले जर्ज वर्नाड शाँले लेखेको एक मर्मस्पर्शी प्रसंगको उद्धरण दिएका छन् । शाँ ले आफ्नो कृति ‘म्यान एण्ड सुपरम्यान’मा आयरिश अमेरिकी पात्र मेलोन मार्फत बडो घतलाग्दो चर्चा बढाएका छन् । पात्रको रूपमा मेलोन अप्रवासी अमेरिकी थिए । जो, आयरल्याण्डबाट अमेरिका आएका थिए । मेलोनले अर्का पात्र व्यायलेटलाई सोध्छन् –सन् ०४७ को भयानक भोकमरीमा मेरो पिताजी मर्नु परेको बारे तिमीले सुनेका थियौ ?

व्यायलेट : अ त्यो ठूलो अकाल ?

मेलोन भन्छनः अनिकाल हैन क्या, भोकमरी !

उनि संझाउदै भन्छन्– ‘जब कुनै देशमा प्रचूर खाद्यान्न हुन्छ । त्यस देशले निर्यात पनि गरिरहेको हुन्छ, वा त्यस देशले पर्याप्त मात्रामा अनाजको आयात समेत गरेको हुन्छ, यस्तोमा त्यहाँ अनिकाल त हुन्न् नि ! तै पनि मेरो पिताको भोकमरीले मृत्यु भयो । भोक कै सामना गर्न नसकेर म आफ्नो देश परित्याग गरी अमेरिका आएको हुँ बुझ्यौ ?’

यसरी मेलोनले व्यायलेटलाई भोकमरी र अकालका बीचको फरक संझाएको थियो । अमत्र्य सेन राज्य नियन्त्रित अवितरणमुखी राज्य व्यवस्थाको दोष केलाउन सक्ने खप्पिस अध्येता हुन् । यिनलाई पढेर समुन्नत मुलुकहरूले ब्यहोर्नु परेको भोकमरी, अकाल र जाडोबाट मर्नु परेकाहरूको परिस्थिति बुझ्न सकिन्छ ।

मानव शरीरले १०–१३ डिग्री सेल्सियमा झरेको तापक्रम र चिसो शित लहरलाई थाम्न नसक्ने होइन । तर पनि मानिस मरिरहेका हुन्छन् । अहिलेको जाडोमा मधेसको सप्तरी सिरहा तिर बढी मानिस मरिरहेका छन् ।

केही अपवाद वाहेक गर्मी र चिसो जस्ता मौसमी दुर्दान्ताले लोककल्याणकारी समाजहरूमा मानिस मर्दैनन् । जिम्मेवारी विहीन र लोक कल्याणकारी नीतिका बिरोधी राज्यमा मात्र यस्तो मृत्यूहरू हुन्छ । न भए संसारको मानचित्रमा साईवेरिया र अन्टार्कटिकाहरू प्रागःएतिहासिक काल देखि नै मानवविहीन हुन्थ्यो । जर्मनीको म्यूनिख र बेलायतको लण्डन जस्ता शहरहरू हरेक बर्षको जनवरीमा चिसोले मरेका मानिसहरूको लम्पसार कब्रिस्तानमा रूपान्तरित हुनेगर्थ्यो । तर, त्यसो हुदैन । हाम्रै हिमाली क्षेत्रहरुका बस्ती हजारौं वर्ष पुराना हुन् । जहाँ हिउँदको समयमा माइनस १० देखि १३ डिग्री सेल्सियससम्म तापक्रम हुन्छ ।

काठमांडू उपत्यका र मधेसी बजारका सडक पेटीमा लगाईने हंगकंग बजारहरूमा जताततै सस्ता कपडाहरू बिक्रीमा राखिएको पाईन्छ । सय÷ढेड सय रूपियासम्ममा जीऊ छोप्ने लुगाहरू पाईन्छ । निर्वस्त्र निर्धन गरिबहरूका लागि यस्तो लुगा जीवनरक्षक हुन सक्छ । तर, सरकारद्वारा यस्ता बस्त्रहरू बितरण गरिदैन । स्वायत्त शासनको अभ्यास गर्न तम्सेर बसेका नव निर्वाचित स्थानीय प्रतिनिधिहरूको जन कल्याणकारी प्राथमिकतामा यो कार्य पर्दैन । धर्मान्ध समाजको गाँस पु¥याउन दशैंको मुखमा सरकारी अनुदानबाट करोडौं करोडको भेडा च्यांग्रा झिकाउने सरकार सस्तो दामको लुगाफाटो झिकाएर गरिबगुरूवाको बस्तीमा बाडदैन ।

संसार साक्षी छ, औपनिवेशिक भारतको बंगालमा सन् ०४३को अनिकाल, सन् ०७३ देखि ०७५ मा इथोपियाको अनिकाल, अफ्रिकी साहेल क्षेत्रको सन् ०७० को दशकको अनिकाल, यस्तै सन् ०७४ मा बंगलादेशको अकालहरूमा भएको लाखौंका मृत्युहरूका लागि तत् ठाँउहरूका राज्य व्यवस्थाको जनअहितकारी, अकल्याणकारी राज्य सोच र नीति निर्माताहरू जिम्मेवार रहे । सबै सभ्य मुलुकहरू, उत्तरदायी अन्तर्राष्ट्रिय संघ संस्थाहरू, शोधकर्ताहरूले यस तथ्यलाई स्वीकारेका छन् ।

यसका बावजूद पनि आज दशकौं पछि नेपालमा बर्षमा एक पटक फगत दुई–चार सय रूपियाको कपडा लत्ता नपाएर देशको जनता मर्नु परिरहेको छ। र, हामी जाडो बढ्यो, शीत लहर बढ्यो भनेर बसेका छौं ।

शीतलहर आकस्मिक प्राकृतिक प्रकोप होइन । हरेक वर्ष पुस र माघ महिनामा शीतलहरको समस्या हुने गर्छ । फरक यति हो कि, कुनै वर्ष शीतलहरको समय छोटो हुन्छ, कुनै वर्ष लामो हुन्छ । जुन वर्ष शीतलहरको समय लामो हुने गरेको छ, त्यो वर्ष धेरैको मृत्यु हुने गरेको छ । दुर्भाग्यबस यसवर्ष पनि शीतलहर लम्बिएको छ । शीतलहर कहिलेदेखि सुरु हुन्छ र कति दिनसम्म चल्छ ? भन्ने पूर्वानुमान गर्ने प्रविधि हाम्रो देशको मौसम विज्ञान विभागसँग छ । शीतलहर तथा जाडोले कष्ट दिने त भइहाल्यो, तर धेरै नै कष्ट हुनु र ज्यानसमेत जानुको कारण गरिबी तथा लापरबाही हो । चेतनाको अभावमा कतिपयले शीतलहरबाट जोगिने उपाय अवलम्वन गर्न चुकेको पाइन्छ भने गरिब वर्गका लागि सहनुको विकल्प हुँदैन । त्यसैले शीत लहरभन्दा पनि ठूलो समस्या गरिबीकै हो । शीतलहरका कारण मानिसहरू बिरामी भए, ज्यान गयो भन्नुभन्दा पनि गरिबीका कारण यो समस्या आइलागेको हो भन्नु उचित हुन्छ ।

यो समस्या समाधानका लागि दीर्घकालीन र अल्पकालीन योजना अघि सार्न तीन वटै तहका सरकारहरू चुकेका छन् । गरिबीको रेखामुनि रहेकाहरू स्थानीय सरकारको प्राथमिकताभित्र अझै परेको देखिँदैन । जाडोबाट बच्न आफ्नो पालिका भित्रका कसकसलाई कुन कुन वर्ष के के चाहिन्छ ? भन्ने कुरा स्थानीय सरकारलाई मात्रै थाहा हुन्छ । अघिल्लो वर्षको शीतलहरमा उपलव्ध गराइएका न्यानो कपडाहरू पछिल्लो वर्षको शीतलहरका लागि जतन गर्नुपर्छ भन्ने कुरा स्थानीय सरकारले सिकाउनुपर्छ । जाडो छेक्ने घरबासको उचित प्रबन्धका लागि संघीय सरकार र प्रदेश सरकारले दीर्घकालीन उपाय अघि बढाउनु जरुरी छ । किनकी घरबास भनेको जनताको मौलिक अधिकार हो ।

यसैगरी मधेसले माघ ५ गते बलिदानी दिवस मनाउनु भन्दा एक दिन अघि उपेन्द्र यादवका पार्टीको संसदीय दलका नेतालाई उल्लेख गर्दै यौटा समाचार आयो । समाचारमा भनिएको थियो –‘शक्ति बाँटफाटको यथास्थितिमा जसपा सरकारमा सहभागी हुदैन। जसपालाई उपराष्ट्रपति समेत चाहियो ।’

यो समाचार सार्वजनिक गर्न लगाएर जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेंट गरे । यस भेंटमा उपेन्द्रले भोली हुने सभामुखको निर्वाचनमा एमालेको उम्मेदवारलाई नसघाउने जानकारी गराए । काँग्रेसले उम्मेदवारी दिए आफुहरूले सहयोग गर्ने भनी देउवालाई बचन दिएको कुरा पनि समाचारमा आयो। जसपाले यस समाचारको पुष्टि ग¥यो ।
जानकारहरू भन्छन–‘ त्यहीअनुसार कांग्रेसले जसपाको पनि साथ लिएर संसदमा ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवरमा खडा गरेको हो ।’ तर, चौबीस घंटा बित्दै जसपाले कुरा फे¥यो । सभामुखमा कांग्रेसलाई सघाउने भनेको उपेन्द्रको जसपा सत्ता साझेदार अन्य दलहरुसँगै उभिएर नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दियो ।

यसो गरेर उपेन्द्र यादवले ठिक गरे वा बेठिक गरे यसमा मेरो केही भन्नु छैन । तर, यसबाट मधेसका एक मुख्य पार्टी जसपाको सोच तथा कार्यशैली एवं गन्तव्य बुझिन्छ । माघ ५ गते धेरैले सोध्ने प्रश्न थियो–‘पहिलो मधेस आन्दोलनको यतिका बर्ष बित्यो । मधेस आन्दोलनका उपलब्धिहरू साथै मधेसी पार्टीहरूको कसरी मूल्यांकन गर्नु हुन्छ ?’ मलाई लाग्छ, हिजोको र आजको घटनक्रममा उपेन्द्र यादवको जसपाको भुमिकाबाट नै त्यस जिज्ञासाको जवाफ पाईन्न् र ? जसपालाई दुईटा मंत्री दिएकोमा असंतुष्टी र उपराष्ट्रपति दिए संतुष्टि,यही हो मधेस आन्दोलनका उपलब्धिहरूको वर्तमान अवस्था । (पूर्वमन्त्री आनन्दको फेसबुकबाट)

प्रतिक्रिया