‘सेल्फी’ को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनीत फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ ।

फिल्ममा अक्षय एक सुपरस्टार विजयको भूमिकामा देखिएका छन् भने इमरान हाशमी उनको फ्यानको भूमिकामा देखिएका छन् । फिल्ममा नुसरत भरूचा र मृणाल ठाकुरको पनि अभिनय छ ।

राज मेहताले निर्देशक गरेको फिल्ममा हिरो यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण, अपुर्भा मेहताको लगानी रहेको छ। फिल्मका कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन् । यो फिल्म फागुन १२ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया