पर्साको पाकाहा मैनपुर ५ सबैठवामा उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट सुरु

पर्सा । पर्साको पाकाहा मैनपुर गाउँपालिका वडा नं ५ सबैठवा खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ । उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको नेपाली कांग्रेसका नेता एवम पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र गाउँपालिका उपाध्यक्ष सरफुन नेशा खातुनले उद्घाटन गरेका हुन् ।

डायमन्ड क्रिकेट कल्ब सबैठवाको आयोजना गरिएको उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्दै अध्यक्ष मेहताले खेलबाट मस्तिक र शारीरिक विकास हुने बताए । उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको विकासमा युवाहरुको आवश्यकता रहेको मेहताले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एव महाधिबेशन प्रतिनिधि पूर्व गाविस अध्यक्ष नसरुलाह मियाँले अब प्रत्येक वर्ष टुनामेन्ट गराउने बताए । उनले भने, ‘यो खेल मैदानको रक्षा हाम्रो दायित्व हो । यसको सरक्षणको लागि १५ लाख रकम गाउँपालिका बाट छुट्याएका छौं ।’

प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष सरफुलनेश खातुनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष बलिराम चौरसिया, ढेरी यादव, संजय चौहान, मुटुक चौहान, बिनोद मेहता, नेपाली कांग्रेसका युवा नेता राकेश कुशवाहा, किरण दास तत्वा, ओसिम आलम मियाँ, अनिल साह, जाकिर हुसेन पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया