बागमती प्रदेशको सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल रहेका छन् ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

प्रतिक्रिया