सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका, अभिनेत्री, निर्देशक सिम्पल खरेलको स्वरमा रहेकाे नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छन् । भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ । गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’ मार्फत भिडियो सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया