हातेमालो कृषि सहकारीको अध्यक्षमा अधिकारी

पाँचथर । हातेमालो कृषि सहकारी को छैँठौ अधिवेशनबाट देवीप्रसाद अधिकारी पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अधिकारीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन भएको जनाएको छ । उक्त अधिवेशनको अवसरमा संस्थालाई योगदान दिनेलाई सम्मान गरिएको छ ।

संस्थाले जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मैया श्रेष्ठसहित विभिन्न क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्व प्रदेस सांसद सिता थेवे, फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगु, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, सहकारीका ज्येष्ठ सदस्य देवीप्रसाद शर्मा ढुंगाना र संस्थापक सदस्य इश्वरीप्रसाद तिमल्सेना रहेका छन् ।

सहकारीले विभिन्न विधामा आफ्ना सेयर तथा वचत सदस्यहरुलाई पनि सम्मान गरेको छ । अधिवेशनबाट देवीप्रसाद अधिकारी अध्यक्ष रहेको नयाँ कार्यसमितिमा, उपाध्यक्षमा सुर्यकुमार निरौला, सचिवमा दिपक अधिकारी, सह–सचिवमा पुण्यप्रसाद दुलाल र कोषाध्यक्षमा चन्द्रमाया विश्वकर्मासहित १५ जना सदस्य चुनिएका छन् ।

यस्तै लक्ष्मी गौतम संयोजक रहेको ३ सदसीय लेखा समिति समेत चयन गरिएको छ । छैठौं साधारण सभा तथा अधिवेशनलाई विभिन्न सरकारी तथा वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेलगायत सेयर सदस्य सल्लाहकारहरु ले शुभकामना व्यक्त गरेका थिए । अधिवेशन प्रदेश १ का समानुपातिक सांसद मैया श्रेष्ठ लावतीले उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया