गायक माधव भण्डारीले ल्याए ‘हल्ला चले चल्ला’ (भिडियोसहित)

काठमाडौं । गायक माधव भण्डारीको नयाँ गीत ‘हल्ला चले चल्ला’ सार्वजनिक भएको छ । सो गीतमा शब्द, संगीत र एरेञ्ज भण्डारीकै रहेको छ । कुमार रानाको मिक्सिङ तथा माष्टरिङ रहेको सार्वजनिक गीतमा भण्डारीलाई बविना किराँतीले स्वरमा साथ दिएकी छन् ।

होम धितालको निर्देशन रहेको गीतको भिडियोमा लोमश शर्मा, सरिता दानकुटी र सुजल भण्डारीको अभिनय छ ।

शिव विकको कोरियोग्राफी रहेको गीतको भिडियोमा मरुभूमी नारायणको छायाँकन र रोशन धितालको सम्पादन छ । गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक भण्डारीले ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’, ‘ट्याक्सी मोटरकार’, ‘गैरी पर्यो ताल’, ‘सोल्टिनीलाई बैना मारुकी’, ‘पाइन तिम्रो साथ’ लगायतका लोकप्रिय गीत ल्याइसकेका छन् ।

प्रतिक्रिया