काठमाडौं । गायक बद्री पंगेनी र गायिका कमल कुमारी निरौला (गीता) को युगल आवाजमा राष्ट्रिय भावले ओतप्रोत गीत ‘नेपाल देश’ बजारमा आएको छ ।
उक्त गीतमा गायिका कमल कुमारीकै शब्द सिर्जना रहेको भने कमल बिरही थापाको संगीत रहेको छ । त्यस्तै, गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका हुन् ।
त्यसैगरी पत्रकार एवं गीतकार प्रकाश बराईली (अभिब्यक्ती) ले उक्त गीतको भिडियोमा निर्देशन गरेका छन् । उक्त भिडियोमा महेश महराको छायांकन रहेको छ भने विरेन्द्र भाट विपिनले सम्पादन गरेका हुन् ।
उक्त गीतको भिडियोमा गायक बद्री पंगेनी, बुद्धबिर थापा, बिना विश्वकर्मा, राजकुमार रायमाझी, रामप्रसाद पाठक, कमलकुमारी निरौला (गीता), भिम कुसारी, उर्मिला गुरुङलगायतले अभिनय गरेका छन् ।
वल्र्ड कभर मिडिया प्रालिको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत र भिडियोमा देशको मर्यादा र भाव समावेश गरिएको पत्रकार तथा भिडियो निर्देशक प्रकाश बराईली (अभिब्यक्ती) ले बताए ।
प्रतिक्रिया