पत्रकारका निलम्बित एकाउन्ट सञ्चालन गर्न मस्क तयार

न्युयोर्क । अर्बपति व्यवसायी एलन मस्कले आफूले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्विटरबाटै निलम्बन गरेका थुप्रै अन्तर्राष्ट्रियस्तरका पत्रकारहरूका एकाउन्ट पुनः सञ्चालन गरिदिने बताएका छन् । ट्विटरका एक प्रवक्ताले एउटा अमेरिकी टेक न्युज वेबसाइटलाई लोकेसन डाटाको लाइभ सेरिङ गरेका कारण ती पत्रकारहरूलाई कारबाही गरिएको बताएका थिए । कारबाहीमा पर्नेहरूमा न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्गटन पोस्टका पत्रकारहरू पनि रहेका छन् ।

संयुक्त राष्ट्रसंघ र युरोपेली संघ (ईयू)ले समेत आफ्नो कारबाहीको आलोचना गर्न थालेपछि मस्कले ट्विटरका प्रयोगकर्तालाई यस विषयमा के गर्दा ठिक होला भनी सोधे । त्यसक्रममा भाग लिएका ३६ लाख प्रयोगकर्तामध्ये ५९ प्रतिशतले पत्रकारमाथिको निलम्बन तत्कालै फुकुवा गर्न अनुरोध गरेका छन् । ईयूले त ट्विटरमाथि प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको थियो । बीबीसीबाट ।

प्रतिक्रिया