छबिसपाथीभेरा गाँउपालिकाको लगानी इन्टरनेट जडान

बझाङ । बझाङको छबिसपाथीभेरा गाउँपालिकाले पालिकालाई प्रविधिमैत्री बनाउन सबै वडाहरुमा अप्टिकल फाइबर नेट जडान गर्ने कार्य अगाडि बढाएको छ ।

गाँउपालिकाका अध्यक्ष बसन्त बहादुर चलाउनेले अहिलेसम्म वडा नम्बर १, २, ३, ४ र ५ का विद्यालय स्वास्थ्य केन्द्र र स्थानीयहरुको गाउँघरसम्म गाउँपालिकाको लगानी र दुरसञ्चार प्राधिकरणको सहकार्यमा अप्टिकल फाइबर इन्टरनेट जडान कार्य भएको अन्य वडाहरुमा पनि फाइबर नेट जडान गरीने बताए ।

अध्यक्ष चलाउनेले पछिल्लो समय फाइबर इन्टरनेट लोकप्रिय हुँदै गएको र अहिले इन्टरनेटको माग पनि बढ्दै गएको अवस्थामा पालिकालाई प्रविधिमैत्री बनाउनका लागि फाइबर नेट जडान गर्न लागिएको बताए । पालिकामा द्रुत गतिमा चल्ने फाईबर जडान भएपछि स्थानीयहरु खुसी भएका छन् ।

प्रतिक्रिया