ओपनएआईले मान्छेको आवाज नक्कल गर्ने एआई टुल ल्याउँदै

न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुनियाँमा ओपनएआई राजा बनेको छ । ओपनएआईको च्याटटूलले च्याटजिपिटीको दुनियाँमा तहल्का मच्चाएको छ । हालै यसले सोरा टुल लञ्च गरेको थियो । यो टेस्ट दु भिडियो टुल हो । अर्थात् यसले तपाईंले लेखेको टेक्स्टको सहयोगमा भिडियो बनाइदिन्छ । सोराको सहयोगमा ६० सेकेन्डसम्मको भिडियो बनाउन सकिने ओपनएआईले बताएको छ ।

यसको अपडेट अहिलेसम्म पनि जारी गरिएको छैन । ओपनएआईले भ्वाइस इन्जिनमा काम गरिरहेको छ । यसले तपाईंको आवाज सुन्ने बित्तिकै सो आवाजको नक्कल गर्नेछ । व्यापक स्तरमा यो टुलको गलत प्रयोग हुन सक्ने भएकोले यो टुल आएपछि नियामकहरू पनि चनाखो हुने बताइएको छ ।

ओपनएआईको भ्वाइस इन्जिन टुलले तपाईंको आवाज सुनेर १५ सेकेन्ड सम्मको हुबहु कपी बनाइदिनेछ । यो टुलले जस्तोसुकै आवाजको नक्कल गर्न सक्छ । कम्पनीले यो टुललाई अझै लन्च भने गरिसकेको छैन । ओपनएआईले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको हो । ब्लगका अनुसार भ्वाइस इन्जिन टुलले जस्तोसुकै अडियो सुनेर र १५ सेकेन्डसम्मको यस्तै अडियो क्लिप दिनेछ ।

यो टुलले इमोसनल र मौलिक आवाजमै अडियो बनाइदिनेछ । खबरहरूका अनुसार ओपनएआईको यो भ्वाइस इन्जिन टुल २०२२ मै तयार भएको थियो । यसको प्रयोग च्याटजिपिटीमा भ्वाइस कमान्ड र रिल लाउडमा भइरहेको छ । यो टुलको दुरुपयोग हुने सम्भावना धेरै भएकोले कम्पनीले यसलाई रिलिज गर्नुअघि निकै सावधानी अपनाइरहेको छ ।

प्रतिक्रिया