फेसबुकमा समस्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार राती ९ बजे चलिरहेका एकाउन्ट अचानक बन्द भएका हुन् । यो समस्या विश्वभर नै देखिएको प्रयोगकर्ताहरुले बताइरहेका छन् । एकाएक फेसबुक लगआउट भएकाे थियाे ।

त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन् । यसबारे मेटाले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया