बनेपा । काभ्रेको बेथानचोक ४ चलाल गणेशस्थान नजिकै यात्रु बाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । साँझको अन्तिम क्यू को बेथानचोकबाट बनेपा आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको पुण्यमती यातायातको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुन्डी राज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार घाइतेलाई उद्दार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पताल लगिएकाे छ । दुर्घटनामा मानवीय क्षति भएको बारे भने थप खबर आउन बाँकी रहेको न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया