माइतीघरमा युवा चिकित्सकहरूको प्रदर्शन– सिकाईका नाममा ‘श्रम शोषण बन्द गर’

काठमाडौं । नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषण विरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समितिको आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित आफ्ना आधारभूत श्रम अधिकार र मानवीय कार्यवातावरणको माग गरेका छन् ।

प्रदर्शनकारी चिकित्सकहरूका अनुसार सिकाई र तालिमको नाममा इन्टर्न तथा आवासीय चिकित्सकहरूलाई लगातार २४ देखि ३६ घण्टासम्म ड्युटीमा खटाइने गरिएको छ ।

यसले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै बिरामीको उपचारको गुणस्तरमा समेत जोखिम बढाएको उनीहरूको भनाइ छ ।– त सुर्याम्स उप्रेतीर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया